बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिलिपिन्समा प्रत्येक कम्युनिष्टको टाउको मूल्य ३८४ डलर !

शुक्रबार, ०४ फागुन २०७४, १४ : ४१
शुक्रबार, ०४ फागुन २०७४

मनिला । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुतेर्तेले प्रत्यक विद्रोही सेना मारेबापत ३८४ डलर दिने घोषणा गरेका छन् । 

मानव अधिकार समूहहरु र आदीवासी अभियन्ताहरुले डुतेर्तेको सो भनाईको विरोध गरेका छन् । अधिकार समूहले यसबाट सेनालाई युद्ध अपराध गर्न प्रोत्साहित हुने डर व्यक्त गरेको छ ।

ह्युमन राइट वाचका कार्लोस एच कोन्डले बिहिबार अल जेजिरासँग कुरा गर्दै भनेका छन् “डुतेर्तेको भनाईले सशस्त्र द्वन्दसम्बन्धी अन्तराष्ट्रिय अभिसन्धी उल्लघंन गर्न प्रोत्साहित गर्छ ।”

अघिल्लो हप्ता डुतेर्तेले आदीवासीहरुलाई अर्धसैनिक तालिम दिने घोषणा गरेका थिए । घोषण अनुसार त्यस तालिम लिएका लडाकूको काम आफ्नो समुदायमा रहेका कम्युनिष्ट विद्रोहीलाई खोजेर मार्ने हुनेछ । र प्रत्यक एक हत्याको लागि ३८४ डलर दिइने कुरा राष्ट्रपतिले सो घोषणामा भनेका थिए ।

“तपाई पैसा चाहनुहुन्छ ? म दिनेछु ,” उनले भने “म प्रति टाउको बाराबर २०,००० पेसो दिनेछु ।”

यो पछिल्लो विवाद डुतेर्तेको अघिल्लो विवादास्पद भनाईको चर्चा नसेलाउदै आएको हो । रिपोर्ट अनुसार सेनाका नौजवानहरुलाई सम्बोधन गर्दै डुतेर्तेले कम्युनिष्ट विद्रोहीका महिला सदस्यहरुको ‘योनाङ्ग’मा गोली हानेर ‘काम नलाग्ने’ बनाउन भनेका थिए ।

प्रतिक्रिया
राष्ट्रपतिले विद्रोहीहरुको टाउकोको मूल्यको घोषणा एक जना आदिवासी नेता र उनको छोराको हत्या भए पछि आएको हो । सो नेता आफ्नो समूदायमा चिनिएका अर्धसैनिक सैन्यका सदस्य थिए ।

सशस्त्र कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल आर्मी, ले फेब्रुअरीमा सो हत्याको जिम्मा लिएको थियो । सो समूहले ती दुईलाई जमिन ‘हडपेको र खोसेको’ आरोपमा कारबाही गरेको जनाएको छ ।

यस्ता घटनामा संलग्नलाई अन्तर्राष्ट्रिय कानुन अनुरुप कारबाही चलाउनुपर्ने पदमा रहेको व्यक्ति डुतेर्ते आफै आफ्ना फौजहरुलाई युद्ध अपराधका काम गर्न प्रोत्साहित गराउनु दुरभाग्य रहेको कोण्डले बताए ।

एम्नेष्टी इन्टरनेशनलका रचेल छोआ–होवार्डले पनि डुतेर्तेको पछिल्लो नीतिलाई ‘घृणीत र अमानविय’ बताइन् । “मानव जीवनको मूल्य तोकेर राष्ट्रपति डुतेर्ते आफ्नो प्रशासनिक नीतिको कठोरता फेरी सार्वजनिक गरेका छन् ।” छोआ–होवार्डले बिहिबार अलजेजिरासँग भनिन् ।

आदीवासीहरुको अपमान
सन् २०१६ मा कार्यकाल शुरु भएदेखि फिलिपिनी राष्ट्रपतिलाई अन्तर्राष्ट्रिय कानुन मिचेको आरोपले पछ्याइरहेको छ । भर्खरै अन्तर्राष्ट्रिय अपराधिक अदालतले आफूले दुतेर्तेको लागुऔषध नियन्त्रणको अभियानको क्रममा भएको मानवता विरुद्धको अपराधको अनुसन्धान गर्न पहिलो कदम चालेको बताएको छ । 

राष्ट्रपतिको पछिल्लो भनाईको दक्षिणी फिलिपिन्सको सबैभन्दा ठूलो आदीवासी समूहले पैसाको लागि मान्छे मार्ने आफूहरुको संस्कृतिमा नरहेको कुरा भन्दै विरोध जनाएको छ ।

“हामीलाई मार्नकालाई यसरी आह्वान गरिँदै छ मानौँ हाम्रो समूदायमा यो समान्य काम हो । तिनले हाम्रो संघर्ष नबुझेर त्यसो भनेका हुनसक्छन् । हामीले कहिले पनि कसैलाई मार्नको लागि भनेका छैनौं । हामीले त खालि न्याय मागेका हौं । हाम्रो खोसिदै गरेको जमिनको सुरक्षा खोजेका हौँ ।”

मिन्दानाओ क्षेत्रमा आदिवासी बालबलिकाहरुलाई पढाउँदै आएका चाड बुकले अल जजिरासँगको सम्बादमा भने “यो क्षेत्रमा हिसांको मुख्य दोषी सेना हो ।” उनले सरकारले कोइला खानी परियोजनाको क्षेत्रमा परेका जमिनमा आँखा लगाएको बताएका छन् । बुकका अनुसार सेनाले त्यहाँ बस्ने आदिवासीलाई अन्यत्र सर्न निरन्तर धम्काउने र यातना दिने काम गरिरहेको छ । बुकको बुझाईमा त्यस कामले आदिवासीमा सरकारविरोधी भावना विकास भएको छ । 

सरकारको पछिल्लो आवहानले आफूहरुबारे सरकारमा तल्लोस्तरको धारणा रहेको सार्वजनिक भएको बुझाई आदिबासीहरुमा रहेको आफूले पाएको बुकले बताए ।

रक्तपातपूर्ण विद्रोह
फिलिपिन्समा सन् १९६८ देखि त्यहाँको एक कम्युनिष्ट घटक सशस्त्र विद्रोहमा रहेको छ । त्यस यता भएको हिंसामा ३०,००० मनिसले ज्यान गुमाइसकेका छन् । 

डुतेर्ते प्रशासनको प्रारम्भमा विद्रोही र सरकारबिच युद्ध विराम भएर शान्ति वार्ता भएको थियो । तर सन् २०१७ बाट दुई पक्ष बिच भएका छिटपुट भिडन्तहरु पछि डुतेर्तेले सो समूहलाई आतङ्कवादी समूह घोषणा गर्दै शान्ति प्रक्रिृया अन्त्य गरे ।

सेनाले पनि कम्युनिष्टहरुलाई देशमा रहेको मुस्लिम लडाकूसमान मानेको छ । तर कम्युनिष्टहरु भने आफूहरु समाजिक न्याय र समानताको लागि लडिरहेका बताउछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप