बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय गुप्ता परिवार जो बने ज्याकब जुमाको पतनको कारक

शुक्रबार, ०४ फागुन २०७४, १३ : २०
शुक्रबार, ०४ फागुन २०७४

दक्षिण अफ्रिकी पुलिसको खास युनिट ‘द हक्स’ले चर्चित भारतीय मूलका व्यापारी गुप्ता परिवारको घरमा छापा मारेको थियो । 

एक बयानमा प्रहरीले यो मामलामा तीनजना गिरफ्तार परेको बताएको छ । पक्राउ पर्नेमा गुप्ता परिवारका एक सदस्य पनि छन् । गुप्ता परिवारमाथि राष्ट्रपति ज्याकब जुमाको नजिक भएको र सो सम्बन्धबाट प्राप्त राजनीतिक हैसियत आफ्नो व्यावसायिक लाभका लागि प्रयोग गरेको आरोप छ ।

यही प्रकरणका कारण राष्ट्रपति जुमामाथि राजीनामा दिने दबाब बढेको थियो । ज्याकोभले राजीनामाको दबाबअघि घुँडा टेक्दै १४ फेब्रुअरीमा राजीनामा दिए ।

गुप्ताका बैङ्करले अफ्रिका छोड्ने
समाचार एजेन्सी रोयटर्सका अनुसार गुप्ताहरूलाई सहजै पैसाको प्रवाह गर्ने भारतीय बैङ्क, बैङ्क अफ बडौदाले दक्षिण अफ्रिकामा आफ्नो कारोबार बन्द गर्ने घोषण गरेको छ । बैङ्कको भनाइ अनुसार अन्तर्राष्ट्रिय बजारमा पैसा लगानी गर्ने सम्बन्धमा भएको उसको नयाँ रणनीतिक फैसाला अन्तर्गत यसो गरिन लागिएको हो ।

बैङ्क अफ बडौदाको दक्षिण अफ्रिकामा रहेका शाखाहरू पहिलो पटक गुप्ताहरूलाई ठूलो राशिको ऋण दिन राजी भएर चर्चामा आएको थियो । त्यो समयमा दक्षिण अफ्रिकाका चार ठूला बैङ्कहरू एबीएसए, एफएनबी, स्ट्यान्डर्ड र नेड बैङ्कले मार्च २०१६ मा गुप्ता परिवारलाई उनीहरूको ओकबे कम्पनी र उसको सहायक कम्पनीको बैङ्किङ सेवा दिन नसकिने बताएको थियो ।

बैङ्क अफ बडौदाले सोमबार एक बयान जारी गर्दै भन्यो, १ मार्च २०१८ पछिदेखि यी बैङ्कहरूले पैसा जम्मा गर्ने र ऋण प्रदान गर्ने कार्य नगर्ने जनाएको छ । ३१ मार्च २०१८ बाट बैङ्कले आफ्नो बैङ्कसँग जोडिएको सम्पूर्ण सेवा बन्द गर्नेछ । बैङ्कले आफ्ना अफ्रिकी ग्राहकहरूलाई छिटोभन्दा छिटो आफ्नो बैङ्कका शाखासँग सम्पर्क गरेर आफ्नो बैङ्कको खाता मिलाउन आग्रह गरेको छ ।

गुप्ता परिवारमाथि आरोप
दक्षिण अफ्रिकाको विशेष पुलिस दस्ता ‘द हक्स’ले भनेको छ– पुलिसले बुधबार जोहान्सवर्ग चिडियाघर नजिक रहेको गुप्ता परिवारको घरमा छापा मारेर उनको सम्पत्ति खोजबिन गरिरहेको थियो । पुलिसले गुप्ता परिवारका अन्य कैयाँै परिसरहरू माथि पनि छापा मारेको छ ।

दक्षिण अफ्रिकाका मिडियामा आइरहेका खबर अनुसार यो छापा फ्रेडे फार्मसँग जोडिएको जाँचसँग सम्बन्धित छ । यो जाँच फ्रेडे स्थित एस्टिना डेरी फार्मसँग सम्बन्धित छ, जसलाई गरिब किसान परिवारको सहयोगको लागि निर्माण गरिएको थियो । गुप्ताले यो परियोजनाबाट लाखौँ डलर कमाइ गरेको आरोप छ ।

विवादमा घेरिएका ज्याकब जुमा
ज्याकब जुमा सन् २००९ बाट सत्तामा छन् र लामो समयबाट विवादले उनलाई घेरिरहेको छ । अघिल्लो वर्ष डिसेम्बरमा जुमाका डेपेटी सिरिल रामाफोसा पार्टीको अध्यक्ष चुनिएका थिए । त्यसपछि पार्टीले जुमालाई राजीनामा दिन भन्यो । तर जुमाले यस्तो गर्न अस्वीकार गरिदिए ।

को हो गुप्ता परिवार ? 
१९९० को दशकमा भारतबाट साधारण आप्रवासीका रूपमा गुप्ता भाइहरू दक्षिण अफ्रिका आइपुगे । गुप्ता परिवारमा तीन भाइहरू छन् : अतुल, राजेश र अजय ।

यहाँ आएर गुप्ता परिवारले कम्प्युटर व्यापार सुरु गरे । पछि खनिज तथा इन्जिनियरिङ कम्पनीदेखि लिएर एक विलासी खेल विश्रामस्थल, एक समाचारपत्र र २४ घण्टा समाचार टिभी स्टेसनमा हिस्सेदार रहे । 

तर अब तिनको यो आकर्षक व्यवसाय नचल्ने देखिएको छ । हालत कस्तो भइसक्यो भने सरकारले यिनलाई जफत गर्ने दिशामा छ । तिनमाथि आरोप छ, भ्रष्ट लेनदेनको माध्यमबाट परिवारले आफ्नो प्रभावको प्रयोग गरेर लाखौँ डलरको सरकारी ठेक्का आफ्नो पक्षमा पारिरह्यो ।

तीन भाइले सधैँ यी आरोपहरू अस्वीकार गरिरहे । दक्षिण अफ्रीकाको चार ठूला बैङ्क एबीएसए, एफएनबी, स्टेन्डर्ड र नेडबैङ्कले पहिले नै गुप्ता परिवारलाई बताइदिएको थियो, तिनको ओकवे कम्पनी र उसको सहायक कम्पनीलाई आगामी दिनमा बैङ्किङ सुविधा दिने छैन ।

राष्ट्रपति र गुप्ता परिवारको नाता
सन् २०१६ मा दक्षिण अफ्रिकाका पूर्व उपअर्थमन्त्री जोनास मेबिसीले गुप्ता परिवारले उनीसँग भावी अर्थमन्त्री बन्न ६० करोड र्यान्ड (५ करोड डलर) को माग गरेको आरोप लागाएका थिए । 

यसपछि दक्षिण अफ्रिकी प्रतिनिधिसभाले एक रिपोर्ट जारी गर्यो, जसमा गुप्ता परिवार र राष्ट्रपति जुमाले सरकारी अनुबन्ध पाउनका लािग एकअर्कोलाई मदत गरिरहेका छन् भन्ने आरोप लगाइएको थियो । 

यसपछि मामला झन् विग्रियो, जब २०१७ मा एक लाखभन्दा बढी इमेल लिक भयो । यी लिक फाइलमा कसरी यो परिवारले प्रभुत्व देखाएर आफ्नो काम गरिरहेको छ भन्ने कुराको विस्तृत ब्यहोेरा थियो । यसमा सरकारी ठेक्का, घुस र पैसाको हेरफेरसँग सम्बन्धित जानकारीहरू थिए ।

यसपछि गुप्ता परिवार र राष्ट्रपति ज्याकब जुमाका विरुद्ध मानिसहरूले प्रदर्शन सुरु गर्न थाले । तिनहरूबीच कायम गठजोडको व्यङ्ग्य गर्दै तिनका  दुवै नाम मिलाएर ‘जुप्ता’ले सम्बोधन गर्न थालियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप