शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा ‘टिपिएस रिजोलुसन’ प्रस्ताव पारित

शुक्रबार, ०४ फागुन २०७४, १२ : ०५
शुक्रबार, ०४ फागुन २०७४

अमेरिका– अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलले अमेरिकामा रहेका नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस ’टिपिएस रिजोलुसन’ प्रस्ताव पारित गरेको छ । फेव्रुअरी १४ तारिख भ्यालेण्टाईन डे का दिन पारित उक्त प्रस्ताव अमेरिकी नेपालीका लागि बेस्ट भ्यालेण्टाईन (प्रेम दिवस) उपहार सावित भएको छ । 

यो निर्णयपछि नेपालमा सन् २०१५ को अप्रिल २५ मा गएको महाभूकम्पपछि अमेरिकामा रहेका १४ हजार ७९१ नेपालीले टीपीएसबाट देश निकालाको डरविना काम गर्ने अनुमति (वर्क परमिट) पाएका छन् ।

जर्सी सिटी काउन्सिलद्वारा टिपिएस प्रस्ताव पारित गराउन जर्सी सिटी मेयरका सल्लाहकार डा. बिष्णुमाया परियार र जर्सी सिटी नेपाली समाजले गरेका थिए । जर्सी सिटी शहर काउन्सिलले यसअघि मे २७ २०१५ मा टिपिएस प्रस्ताव पारित गरेर अमेरिकाको पहिलो र एक मात्र शहर बनेको थियो । होमल्याण्ड सेक्यूरिटीबाट जुन २४ , २०१५ मा अमेरिकामा रहेका नेपालीलाई टीपीएस स्टाटस सुबिधा प्रदान गरेको थियो ।

होमल्याण्ड सेक्यूरिटीले अक्टोबर २६, २०१६ मा नविकरण गरेको थियो जुन आगामी जुन २४ तारिख सकिंदैछ ।

महाभूकम्पबाट ८ हजारभन्दा बढी नेपालीको ज्यान गुमेको थियो । महाभूकम्पपछि पुनर्निर्माणमा १० बिलियन डलर लाग्ने अनुमान गरिएको छ । जर्सी सिटीले फेव्रुअरी ९ तारिख २०१७ मा स्याङ्चुरी सिटीको रुपमा घोषणा गरेको थियो ।

जर्सी सिटी लगायत अमेरिकाका २३ वटा शहरहरुले स्याङ्चुरी शहर घोशणा गरेर बैधानिक कागजपत्र बिहिन आप्रवासीहरुलाई संरक्षण र बसोवास दिने प्रतिबद्दता जनाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप