बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ सरकारसँग चेम्बरको आग्रह

शुक्रबार, ०४ फागुन २०७४, १२ : ०२
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं– नेपाल चेम्वर अफ कमर्सले नयाँ सरकार गठन भएकोप्रति खुशी व्यक्त गर्दै केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई बधाइ दिएको छ । 

नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास चेम्वरको छ । 

राजनीतिक संक्रमणकाल समाप्त भएसँंगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्वरले लिएको छ । 

चेम्वरले शुक्रबार एक वक्तव्य जारी गरी मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँंग मिलेर जान तत्पर रहेको पनि जनाएको छ । 

यसका लागि लगानीको वातावरण बनाउनेतर्फ लाग्न सरकारको ध्यानाकर्षण पनि गरेको छ । निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढन पनि चेम्वरले सरकारसँंग विशेष आग्रह गरेको छ ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप