शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिग : हेभिवेटहरुको सहज जीत

शुक्रबार, ०४ फागुन २०७४, १० : ०७
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौँ । युरोपा लिगको राउण्ड अफ ३२ मा हेभिवेट मानिएका क्लबहरुले सहज जीत हासिल गरेका छन् ।

आर्सनलदेखि एसी मिलान, एथ्लेटिको म्याड्रिड, एथ्लेटिक बिल्बाओलगात पहिलो लेगको खेलमा विजयी बनेका हुन् ।

आर्सनलले स्वीडिज टोली ओस्टरसन्ड एफकेमाथि ३–० को जीत हासिल गर्यो । आर्सनलको जीतमा नाचो मोनरेयाल र मेसुट ओजिलले एक–एक गोल गरे भने सोटिरिओस पापाजियानोपोलसले आत्मघाती गोल गरे ।

त्यस्तै, एथ्लेटिको म्याड्रिडले एफसी कोपनहेगनलाई ४–१ गोलअन्तरले हरायो । एथ्लेटिकोका लागि साउल, केभिन गामेरियो, एन्टोनियो ग्रिजमान र भिटोलोले एक–एक गोल गरे भने कोपनहेगनका लागि भिक्टर फिस्चरले सान्तवना गोल गरे ।

उता, प्याट्रिक कुट्रोन, रिकार्डो रोड्रिग्वेज र फाबियो बोरिनीको गोलको मद्दतले एसी मिलानले लुडोगोरेट्सलाई ३–० ले पराजित गर्यो ।

अन्य खेलहरुमा स्पोर्टिङ लिजबनले एफसी अस्टाना, मार्सेले स्पोर्टिङ ब्रागा, एथ्लेटिको बिल्बाओले स्पार्टाक मस्को र बोरुसिया डर्टमण्डले एटलान्टालाई पराजित पराजित गर्यो ।

लाजियो, जेनिट सेन्ट पिटर्सबर्ग र निस भने पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप