विश्वकै ठूलो पुरस्कार नोबेल, यसरी भयो स्थापना
शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा विश्वकै ठूलो मानिने पुरस्कार हो, नोबेल पुरस्कार । सन् १९०१ देखि यो पुरस्कार दिन सुरु गरिएको हो । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार दिन थालिएको भने १९६८ देखि हो । नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका भने स्विडेनको राजधानी स्टकहोममा दिइन्छ । अहिलेसम्म झन्डै आठ सय व्यक्तिले नोबेल पुरस्कार पाइसकेका छन् । यो पुरस्कार संयुक्त रूपमा तीनजनासम्मले पाउन सक्छन् ।
विश्वकै ठूलो नोबेल पुरस्कार स्थापनाको कहानी भने रोचक छ । १८५० को दशकका एक चर्चित व्यक्ति अलफ्रेड बर्नहार्ड नोबेलको नाममा नोबेल पुरस्कार स्थापना भएको हो । स्विडेनमा जन्मिएका अलफ्रेड ती व्यक्ति हुन्, जसले बारुद आविस्कार गरेका थिए । बारुद बनाएर उनले विश्वमा कयौँको ज्यान लिन भूमिका खेलेको भन्दै उनले जीवनमा धेरै आलोचना खेपे । १८८८ मा एउटा पत्रिकाले उनको मृत्यु भएको खबर छाप्यो । पत्रिकाको हेडलाइन थियो, ‘मृत्युको व्यापारीको मृत्यु’ । पत्रिकाले बारुद आविस्कार कार्यको पहिल्लेदेखि निन्दा गर्दै आएको थियो । तर, पत्रिकामा छापिएको अलफ्रेडको मृत्युको खबर सत्य थिएन । त्यतिवेला उनको भाइको मृत्यु भएको थियो ।
बारुद आविस्कारको भरपूर निन्दासहित आफ्नै मृत्युको खबर पत्रिकामा पढेपछि अलफ्रेड गहिरो पीडामा परे । जीवन र आफ्नो कामप्रति उनलाई ठूलो पीडाबोध भयो । बारुद आविस्कार गरेर कमाएको सम्पत्तिमा कुनै जित महसुस भएन । अन्ततः उनी आफ्नो निजी सम्पत्ति विश्वका लागि केही राम्रो गनेरुका लागि दान दिने निर्णयमा पुगे ।
ताकि मृत्युपछि विश्वभरका मान्छेले आफ्नो नाम यही कामलाई लिएर पुकारून् । लगत्तै, उनले एउटा मञ्जुरीनामा लेख्दै निजी सम्पत्तिको ठूलो हिस्सा एउटा ट्रस्टको नाममा गरिदिए । उनको इच्छा थियो कि आफूले दिएको पैसाको ब्याजले हरेक वर्ष विश्वका ती व्यक्ति सम्मानित होऊन्, जसले मानव जातिका लागि सबैभन्दा कल्याणकारी काम गरेका छन् ।
उनले ट्रस्टलाई दिएको पैसा स्विडिस बैंकमा जम्मा गरियो र त्यसबाट आएको ब्याजले हरेक वर्ष नोबेल पुरस्कार वितरण गर्न थालियो । १८९६ मा अलफ्रेडको मृत्यु भयो र १९०१ देखि उनकै नाममा नोबेल पुरस्कार दिन सुरु गरियो, जुन विश्वमा झन्पछि झन् चर्चित बनिरहेको छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै