शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक आमाले जन्माइन् तेह्रथुममा तिम्ल्याहा सन्तान

शुक्रबार, ०४ फागुन २०७४, ०८ : ४९
शुक्रबार, ०४ फागुन २०७४

तेह्रथुम - तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् । 

सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए । 

 सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ । तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उहाँको भनाइ छ । अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताउनुभयो । पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १।६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ । 

बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पु¥याउनु जरुरी हुन्छ । बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए ।

संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप