शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यारेज तथा वर्कसप व्यवसायीको लागि यस्तो कडा नियम

शुक्रबार, ०४ फागुन २०७४, ०७ : २२
शुक्रबार, ०४ फागुन २०७४

काठमाडौं - अस्पताल र शिक्षण संस्था वरपर ग्यारेज वा वर्कसप राख्न नपाइने भएको छ ।

ग्यारेज र वर्कसपलाई नियमन गर्न सरकारले ल्याउन लागेको निर्देशिका जस्ताको जस्तै कार्यान्वयनमा आए अस्पताल र शैक्षिक संस्था वरपर यस्ता व्यवसाय गर्न पाइने छैन । 

सवारीसाधन मर्मतसम्भर गर्न सञ्चालित यस्ता व्यवसायलाई नियमन गर्न सरकारले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ तयार पारेको हो ।

निर्देशिकाको मस्यौदामा अस्पताल र शैक्षिक संस्थाको दुई सय मिटर वरपर वर्कसप र ग्यारेज सञ्चालन गर्न नपाइने उल्लेख छ । आजको नागरिक(काष्ठमण्डप)मा खबर छ ।

यातायात व्यवस्था विभागले निर्देशिकाको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्वीकृेतिका लागि पठाइसकेको छ ।

विभागका महानिर्देशक रुपनारायण भट्टराइले भने, उपत्यकाका वर्कसप तथा कारखाना अव्यवस्थित रुपमा चलिरहेकाले व्यवस्थित गर्न निर्देशिका ल्याएका हौं । 

निर्देशिकामा वर्कसप र कारखानाले मर्मत गर्ने बाहेकका सवारीसाधन राख्न नपाइने व्यवस्था गरिएको छ । 

यसैगरी कर्मचारी नियुक्ति तथा सेवा सुविधा नेपाल सरकारले जारी गरेको श्रम नीति तथा श्रम कानुनबमोजिम हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा छ ।

कारखाना तथा वर्कसपमा बालश्रमलाई निषेध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप