शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रवाद नेपालमा मात्र होइन विश्वमै अनर्थको विषय हो (भाग १)

आइतबार, १८ असार २०७४, १४ : ५१
आइतबार, १८ असार २०७४


पुस १ २०१७ साल, म हुर्किसकेको थिएँ । कक्षा ९ मा पढ्दै थिएँ चेतना आइसकेको थियो । राजा महेन्द्रले प्रजातन्त्र समाप्त गरेपछि त्यसै दिन म एक्लैलाई होइन हामी धेरैलाई यसका विरुद्ध लड्नुपर्छ भन्ने लाग्यो । लड्दा लड्दै पुरा जिन्दगी त्यसैमा बितेछ । अब मसँग रहेका बाँकी बर्षहरु लगाउँदा कति वर्ष बाँकी रहला ? 
म यो उदाहरण दिएर के भन्न चाहन्छु भने म जुन संकल्पकासाथ मेरो जीवन, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौलाको जीवन त्याग गरियो त्यसमा तपाईंहरुले खोजेको जस्तो नेपाल देख्न पाउनुभएन भने पनि तपाईको जीवनमा अवश्य देख्नु हुनेछ । हामी त्यसको उदाहरण छौँ । एक चरण हामीले ग¥यौँ र यो चरणमा ल्याई पु¥यायौँ भन्दैमा तपाईलाई मञ्जिलमै पु¥याउनु त पर्दैन नी । बाटो देखाई दियौँ त्यहाँसम्म जाने काम तपाईहरुको पनि हो । उर्दुमा शेर छ–
रहबर राह मुशाफिरको दिखा देता है
मञ्जिल पर पहुँचाए जरुरी तो नहीं 


हो यस्तै किताब युग पाठकले लेख्नु भएको छ । यो म आफ्नो बारेमा होइन, पाठकको बारेमा भन्दैछु । उनले जुन किताब लेखेका छन्, उनले नै त्यहाँ पु¥याउनु पर्दैन । उनले बाटो देखाइदिएका छन् त्यो महत्वपूर्ण हो । यसबीचमा उनी सञ्जय थापाबाट प्रदीप नेपाल भएपनि केहि फरक पर्दैन । 


तर यहाँ जे कुरा लेखिएको छ त्यो बाटो औल्याउँनका लागि महत्वपूर्ण छ । र, बाटो पनि कस्तो हुन्छ भने तपाई हामी सबैलाई थाहा छ हिँडेपछि न बाटो बन्छ । पहिलेनै बाटो हुनुपर्दैन । यसै विषयमा नेपालका कवि हरिभक्त कटुवालको एउटा कविता छ उनी भन्छन् – हिँड यात्री आफै बाटो बन्छ । 


म यो किताब पढ्दा अत्यन्त उत्साहित भएको छु । पाठकले भूमिकामै के लेख्नु भएको छ भने यो पुस्तक पढेर नेपालमा एउटा नयाँ बहसको शुरुवात होस् । निश्चयनै नयाँ बहस शुरु हुन्छ । यसमा तपाई ढुक्क रहनुस् । मलाई धेरै धार्मिक नाम लिन मन छैन । तर, जीजसको देहान्तका बेला उनलाई म तपाईको शिष्य हुँ भन्ने मान्छे पनि थिएनन् रे । 


पीटर पनि भागे रे । उनले त होइन होइन म चिन्दिन भनेछन् । तीन सय बर्षसम्म जीजसको नाम लिने मान्छे थिएनन् । माक्र्सको मृत्युका दिन १३ अथवा ११ जना मलामी थिए । यो कुरा एंगेल्सले भाषणमा भनेका छन् । त्यसैले लडाइँलड्दा मन, बुद्धि हतास भए हुन्छ, केहि छैन । आज सप्पै तीर बिग्रिएको देखिन्छ भने पनि एक दिन सप्रिन्छ भन्ने मस्तिष्कले कमजोरी र खराबी देखोस् । 


पाठकले आफ्नो किताब मार्फत यो कुरा देख्नु भएको छ, एक दिन ठीक हुन्छ । एउटा बडो दुःख पाएका माक्र्सवादीले उनी मुसोलिनीको जेलमा बस्दा खेरी भनेका थिए– म अप्टिमिजम अफ ह्विल र प्यासिमिजम इन इन्टलेक्चुअलमा काम गर्दैछु । यस पुस्तकमा मुख्यतः तीन विषयमा ध्यान केन्द्रीत गरिएको रहेछ । 


बालकृष्ण माबुहाङले संकेत गरेझै आधारभूत कुरा पहिलो अध्यायमै आइसकेको छ । त्यो राष्ट्रियता के हो भन्ने विषयमा । र नेपाली राष्ट्रियताको उद्भवमा उहाँले काल्पनीकी भन्ने शब्दको प्रयोग धेरै गर्नु भएको छ । मीथ कसरी उभ्याईयो र कहाँबाट उभ्याईयो । राष्ट्रवादका बारेमा पुस्तकको पछाडि स्वतन्त्र लेख लेख्न खोजिएको छ । 
राष्ट्रवाद प्वाँख कि पखेटामा बेनेडिक्ट एन्डरसनले भनेको कुरा गर्नु भएको छ– राष्ट्रवाद भनेको अन्य कुनै कुरा भन्दा पनि विभिन्न ठाउँमा रहेका आपसमा एक अर्कालाई नचिनेका मान्छेहरु जब हामी एक हौँ भनेर अनुभूति गर्न थाल्छन् अनि त्यो राष्ट्रियता हो भनेर भन्नु भएको छ । बेनेडिक्ट एन्डरसन राष्ट्रियताका व्याख्याता, पुराना नेता, १९ औँ शताब्दीमा लेख्ने लेखकहरुको तुलनामा धेरै नयाँ विचार राख्ने चिन्तक र माक्र्सवादी परम्परामा गतिलोसँग दिक्षित व्यक्ति हुन् । 

तथाकथित चाहिँ मैले हरेक पटक राष्ट्रियता भन्दा शीर्षमा सम्झिएर राख्नु होला । पुस्तकको प्रारम्भमै उहाँले सभ्यता र राष्ट्रियताको सम्बन्धको व्याख्या गर्नुभएको छ । उहाँले पहिले ठूलो राष्ट्रिय राज्य थियो, त्यो ठुलो राष्ट्रिय राज्य कुनै कारणले भत्कियो अथवा कुनै कारणले छिन्नभिन्न भयो त्यसपछि नयाँ खालको राजा आयो र त्यो नै फैलियो भन्नु भएको छ । 


राष्ट्रियताको विषयमा उनले व्यक्तिगत रुपमा साउथ इस्ट एशियामा बसेर त्यहाँको जनजीवनसँग घनिष्ठ सम्बन्ध गाँसेर अत्यन्त कठिन आपातकालको समयमा राष्ट्रियतालाई चाहिने जुन अस्मिता, देशज बुद्धि, विवेक र प्रवृति हो त्यसको प्रगतिको आलोकमा उनले त्यो लेखेका थिए । जुन साँच्चै महत्वपूर्ण छ । 
अब नेपालमा राष्ट्रियताको विकास कसरी भयो त ? जस्तो जुन समानान्तर आख्यान, विमर्शहरु छन् जुन पाठकजीले भन्नु भएको छ, यो नेपाल भन्ने राष्ट्रिय राज्यको विजय अथवा गठनको प्रक्रियालाई उहाँले यसलाई एकीकरण भन्नु भएको छैन । उहाँलाई एकीकरण भन्ने शब्दनै भ्रान्त हो भन्ने छ । त्योसँग सहमत हुन गारो पर्दैन । त्योसँग सहमत हुन सकिन्छ । 


त्यसमा असहमत नहुँदा पनि राष्ट्रियताको जुन इतिहास हो त्यसलाई आफ्नै किसिमले व्याख्या गर्न सकिन्छ । किनभने तपाईले फ्रान्स, जर्मनी, रसियामा त्यहाँको तथाकथित राष्ट्रियता कसरी विकसित भयो भन्नु भयो भने त्यहाँ पनि यस्तै किसिमको विमर्श भेटाउनु हुन्छ । एउटा राज्य विशेषले पहिले विजयनै गरेका हुन्छन्, त्यसपछि स्थायी राष्ट्रियताको तथाकथित अंकुर पैदा हुन्छ । 


तथाकथित चाहिँ मैले हरेक पटक राष्ट्रियता भन्दा शीर्षमा सम्झिएर राख्नु होला । पुस्तकको प्रारम्भमै उहाँले सभ्यता र राष्ट्रियताको सम्बन्धको व्याख्या गर्नुभएको छ । उहाँले पहिले ठूलो राष्ट्रिय राज्य थियो, त्यो ठुलो राष्ट्रिय राज्य कुनै कारणले भत्कियो अथवा कुनै कारणले छिन्नभिन्न भयो त्यसपछि नयाँ खालको राजा आयो र त्यो नै फैलियो भन्नु भएको छ । 


त्यो कुरा यहाँ मात्र होइन सबै राष्ट्रिय राज्यहरुको सन्दर्भमा हुने गरेको छ । पहिले एउटा राजा हुन्छ, त्यो अलिक नालायक हुन्छ । त्यसको छोरो झनै नालायक हुन्छ । यो परम्परा हो । तर त्यही बंशमा कोही गतिलो मान्छे पनि भेटिन्छ । तपाईंले राजवंशको परम्परा पढ्नु भयो भने रोमन, गुप्त, शाह सबै साम्राज्यमा यहि हुने गर्दथ्यो । यस्तै तपाईले दर्जनौँ साम्राज्यमा त्यस्तो भेट्नुहुन्छ । र, नयाँ आउनेले छरिएको राज्यलाई पुर्नगठन गर्छ । 


उहाँको भनाईमा कुनै प्राचीन नेपाली सभ्यताको स्मृतिमा अथवा त्यस सभ्यताको ऐतिहासिक गन्तब्यलाई बुझेर पृथ्वीनारायण शाहले नेपाल राज्य बनाउँछु भनेर बनाएको होइनन् । उनले त सोझो विजय यात्रा गरेका हुन् भन्नु भएको छ । र, तपाईहरुले ध्यान दिनु पर्ने कुरा के छ भने, राष्ट्रियताको विमर्शमा सभ्यता भन्ने शब्दको महत्व निकै गहिरो छ । 


उहाँले सभ्यता भन्ने शब्दलाई बारम्बार आफ्नो किताबमा प्रयोग गर्नु भएको छ । उहाँले किटेरै सभ्यता थियो भने, नेपाल सभ्यता जसलाई नेवार सभ्यता भन्न सकिन्छ, थियो भन्नु भएको छ । गोर्खाली सभ्यता भन्ने त खास केही कुरा नै थिएन, कम्तिमा सुपेरिटी र प्रतिष्ठीत त छँदै थिएन भन्नु भएको छ । 


तर अर्को सभ्यता, उहाँले मधेसका पक्षमा बारम्बार अनेकौँ मार्मिक ढंगले व्याख्या गर्दागर्दै पनि पुस्तक लेख्नमा मधेसले प्रेरणा दिएको स्विकार गर्दागर्दै पनि मधेस सभ्यताको नामांकरण गर्नु भएको छैन । तर अलिकति पनि मैथली भाषा र संस्कृतिलाई जान्ने मान्छेलाई अरु त अरु मल्लकालिन इतिहास पढ्ने मान्छेलाई समेत बुझ्न कुनै गाह्रो छैन कि मैथिल सभ्यता अथवा मधेस सभ्यता मैथिल नभनु किन भने मैथिलको आफ्नै परम्परा छ । 

क्विन भिक्टोरियाको छोरी मात्र युरोपेली पाँच देशका महारानी, रानी हुन पुगेका थिए । कहिले फान्सको राजाले इंग्लैण्डमा शासन गरेको कथा छ । कहिले हेनरी पञ्चमले फ्रान्समा शासन गरेको कथा छ । त्यसैले राष्ट्रवाद युग पाठकले संकेत गरेजस्तै नेपालमा मात्र होइन विश्वमै बडो अनौठो र अनर्थको विषय भएको छ । 


जुन सभ्यताले १३ औँ शताब्दीमा विद्यापति उत्पादन ग¥यो जसको परिकल्पना बीना वाङमयको परिकल्पना गर्न सकिँदैन । जुन विद्यापतिको सबैभन्दा प्राचिन पाण्डुलीपी नेपालमा नै छ यदि चोरी भएको छैन भने । त्यस कुरालाई उहाँले यहाँ उल्लेख गर्नु भएको छैन । उहाँले भनेको कुरालाई म एक वाक्यमा भन्न चाहन्छु । गोर्खा राज्यको सुदृढीकरण र विस्तारका क्रममा दुईटा सभ्यता पदललित भए । नेपालमा केन्द्रीत भएको नेपाल वा नेवार सभ्यता र तराईमा रहेको विद्यापति सभ्यता अर्थात यो राज्य जुन राज्य आज छ सभ्यतालाई पदललित गरेर सभ्यतालाई खण्डित गरेर सभ्यतालाई पराजीत गरेर राष्ट्रिय राज्यका रुपमा खडा छ । 


मैले भनेको कुरालाई नै उहाँले यहि शब्दमा नभए पनि करिब–करिब यहि भन्न खोज्नु भएको छ । मैले यो सभ्यताको कुरा यहाँ किन ल्याएको भने राष्ट्रियतालाई बुझन सभ्यताले बडो सजिलो हुन्छ । कसरी सजिलो बनाउँछ भने युरोपमा राष्ट्र बन्नु अघि के थियो ? युरोपीय सभ्यता थियो । उहाँले १८ शताब्दी तीर बेलायतमा राष्ट्रियताका हिसाबले पुजाआजलाई, संस्कार, न्वारनलाई बुझ्ने गरिन्थ्यो भनेर लेख्नुभएको छ । त्यसलाई इन्कार गर्न सकिँदैन । 


तर जर्मनी, फ्रान्समा के भयो ? मलाई लाग्दैन कि तथाकथित राष्ट्रियता, राज्यको सुदृढीकरण नभएको भए हिटलर जस्तो व्यक्ति उत्पन्न हुने थिएन । युरोपीयन सभ्यताको आत्माको हत्या गरेर त्यहाँ राष्ट्रिय राज्यको सम्बद्र्धन भएको हुनाले त्यहाँ यहुदीमाथि बर्बरता भयो । राष्ट्रिय राज्यको युरोपीय प्रतिष्ठा भन्दा पहिले सायद फ्रेन्चले आफूलाई बेग्लै, जर्मनीले बेग्लै प्रर्दशीत गराई राखेको थियो । 


क्विन भिक्टोरियाको छोरी मात्र युरोपेली पाँच देशका महारानी, रानी हुन पुगेका थिए । कहिले फान्सको राजाले इंग्लैण्डमा शासन गरेको कथा छ । कहिले हेनरी पञ्चमले फ्रान्समा शासन गरेको कथा छ । त्यसैले राष्ट्रवाद युग पाठकले संकेत गरेजस्तै नेपालमा मात्र होइन विश्वमै बडो अनौठो र अनर्थको विषय भएको छ । 


जहिले पनि राष्ट्रवादको उद्भवले, उत्कर्षले, यसको चौतर्फी आक्रमणले अपेक्षाकृत कमजोर समूह, कमजोर अस्मिता भएका हतियार बिहित सभ्यता र हतियार खोसिएको संस्कृतिले असाध्यै दुःख पाएको छ । यो विषयलाई उहाँले बडो राम्रो ढंगले ल्याउनु भएको छ । उहाँले यसलाई पुरै उदाहरणका साथ देखाउनु भएको छ । 
त्यो देखाउने क्रममा उहाँले प्रकारान्तरले विभिन्न जनजातीहरु र खासगरी मधेस कसरी गोर्खा साम्राज्यवादको शिकार हुन्छ भन्ने देखाउनु भएको छ । गोर्खालीले मधेसमा अत्याचार गरे भन्ने क्रममा उहाँले कुमाउँ प्रदेशमा गरेको अत्याचारको लोकोक्ति पनि सुनाउनु भएको छ जुन कवि निभा शासले भनेको जस्तै कसरी गोर्खा सैनिकले घोडा बाख्रा हिरा ज्वाहारात, सम्पत्ती र श्रीमतीलाई समेत श्रीमानका सामुबाट लिएर गए भन्नु भएको छ ।


हिंसा प्रत्तेक युद्धको चरित्र हो । पहिलो पटक युद्धले मनुष्यको हत्या गर्नु भन्दा अगावै मनुष्यका खुट्टा कस्छ । 


गिरीले युग पाठकको पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’ अनावरणका क्रममा दिएको मन्तब्य ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप गिरि
प्रदीप गिरि
लेखकबाट थप