शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइतबारदेखि प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल  हुने

बिहीबार, ०३ फागुन २०७४, १६ : ३९
बिहीबार, ०३ फागुन २०७४

काठमाडौँ– प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ ।  नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् । 

सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिए । वि.सं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।  पत्रकार सम्मेलनमा महासेनानी थापाले भने, “भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप