शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ११ औं प्राङ्गारिक कृषि मेला सुरु

बिहीबार, ०३ फागुन २०७४, १६ : ००
बिहीबार, ०३ फागुन २०७४

रुपन्देही– “प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ भन्ने मुल नाराकासाथ बुटवलमा एघारौ प्रांगारिक कृषि मेला सुरु भएको छ । 
६३ जिल्लाका १ सय २५ वटा स्टलहरु रहेको मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उदघाटन गरेका हुन् । 
कार्यक्रममा प्रमुख झाले खाद्यान्न उत्पादनमा प्रदेश नम्बर ५ लाई नमुना जिल्ला बनाउन सबैको साझा पहल जरुरी रहेको धारणा राखे । उत्पादन र उत्पादकत्व वृद्धिको लागि  स्थानिय स्थरबाटनै पहल जरुरी रहेको भन्दै प्रमुख झाले कृषिजन्य उत्पादनको लागि प्रविधिको पनि विकास आजश्यक रहेको र अव बन्ने सरकारले  कृषिलाई टेवा पु¥याउने गरी  नीति निर्माण गर्ने  अपेक्षा व्यक्त गरे ।  
नगदे वाली उत्पादनमा किसानहरुले  जोड दिनुपर्ने  भन्दै उनले किसानहरुले खाद्यान्न उत्पादनमा पनि विविधीकरण गर्नुपर्ने धारणा समेत राखे ।  
नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, क्षेत्रीय कृषि निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय रुपन्देही र बुटवल उद्योग बाणज्यको संयुक्त आयोजनामा मेला  सुरु भएको हो । 
कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघमा पुर्व केन्द्रीय अध्यक्ष चन्द्र ढकालले  देश समृद्धिको आधार कृषिमा लगानी गर्नुपर्ने जानकारी दिदै अवको नीति कृषि मैत्री बन्नुपर्नेमा जोड दिएका थिए । 
यस्तै कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर २(२)  प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले देश समृद्धिको लागि  सोत  र सधानको विकासमा जोड दिनुपर्ने बताएका थिए   । 
कृषि विकास मन्त्रालय कृषि विभागका निमित्त महानिर्देशक सुर्य प्रसाद पौडेले विश्वमा प्रविधिको विकाससँगै विषादीहरुको पनि उत्पादन बढेको भन्दै विषादीको असर कम गर्न जनस्थरमा जनचेतना फैलाउनको लागि कृषि मेला आयोजना गरिएको जानकारी दिए ।
 उनले विभिन्न निकायको सहयोगमा  विभागले १० वटा मेला सम्पन्न गरेको जानकारी दिदै यसलाई निरन्तता दिने समेत बताए ।  
कार्यक्रममा आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले विगतका बर्षहरुमा एक्लै मेला आयोजना गरेकोमा यस पटक मन्त्रालयको पनि साथ पाउनु आफैमा खुसीको कुरा भएको बताएका थिए । 
कार्यक्रममा जिल्ला संमन्वय समितिका प्रमुख एकराज विश्वकर्मा,  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्र कुमार श्रेष्ठ,  बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठ, जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटा, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकरी लगायतले बोलेका थिए । 
यहि फागुन ७ गते सम्म चल्ने कृषि मेलमा १२५ वटा स्टल राखिएका छन् भने देशभरका करिव ६३ जिल्लाका किसान र उनीहरुले उत्पादन गरेको कृषि जन्य उपजको प्रर्दशन गरिएको छ ।  
७ गतेसम्म चल्ने मेलाका अवसरमा तरकारी तथा फलफुलमा हुने बिषादीको परिक्षण, कस्तो जमिनमा कस्तो खेति उपयुक्त हुन्छ भनि माटो परिक्षण, बाली उपचार शिबिर,माछा तथा च्याउका परिकारको छुट्टै महोत्सव, प्रागारीक कृषिका सम्वन्धमा बिभिन्न गोष्ठि तथा प्रतियोगिताहरु हुने जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख तथा मेला आयोजक समितिका सदस्य भोजराज सापकोटाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप