बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्योकूशिन प्रतियोगितामा १ जिल्लाबाट १६०  खेलाडी सहभागी हुने

बिहीबार, ०३ फागुन २०७४, १५ : ५४
बिहीबार, ०३ फागुन २०७४


काठमाडौँ- नेपाल क्योकूशिन बुदो करातें कम्युनिटी संघले आगामी फागुन ४ र ५ गते काठमाडौंमा प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकुशिन बुंदो करातेंं प्रतियोगिता गर्ने भएको छ ।

काठमाडौंमा  पत्रकार सम्मेलनको अयोजाना गर्दै संघले  यस्तो जनाकारी दिएको हो । प्रतियोगितामा काठमाडौं,ललितपुर, भक्तपुर,दोलखा,काभ्रे, बारा,पर्सा, महोत्तरी,मकवानपुर,चितवन,कास्की लगायतका ११ जिल्लाबाट १६० जना खेलाडी सहभागी हुनेछन् । 

 संघका अध्यक्ष भुषण मर्हजनले  प्रतियोगितमा प्रथम,द्धितिय,र तृतिय र सान्त्वना स्थान हासिल गर्ने  खेलाडीहरुलाई शिल्ट,मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदभान गर्ने  जनाकारी दिए । प्रतियोगितामा विभिन्न ७ तौल समुहका खेलाडीहरुकाे सहभागीता हुने छ । 
३५ केजी मुनी तौल समुहका पुरुष,४५ केजी मुनिका तौल समुहका पुरुष,५५ केजी मुनि तौल समुहका पुरुष,६५ केजी मुनीका तौल समुह,६५ केजीमाथि तौल समुहका खुल्ला पुरुष तथा ५० केजी मुनी तौल समुहका महिला र ५० केजी माथि तौल समुहका खुल्ला महिलाकाे सहभागिता हुने संघकाे भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप