बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अग्नि मोटो इन्कद्वारा बुटबलमा मोजो ३ सय सीसी  बाइकको बिक्री वितरण सुरु

बिहीबार, ०३ फागुन २०७४, १५ : ५०
बिहीबार, ०३ फागुन २०७४

बुटबल–महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले बहु प्रतिक्षित मोजो बाइकको बिक्री सुरु गरेको छ ।  उक्त कम्पनीले बुटबलमा आफ्नो आधिकारिक बिक्रेता श्रीपाल्पा भैरब अटो सेन्टरमाफर्त बिक्री प्रारम्भ गरेको  हो ।  अब बुटबलमा समेत आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास उक्त कम्पनीले लिइएको  । 

साहसिक, मजेदार Predator  स्टाइलिङ्ग सहितका masculine डिएनए भएको महिन्द्रामोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । EFI सिलिन्डर इन्जिनजसले २७ bhp को उच्च क्षमता तथा ३० Nmको टर्ग क्षमता रहेको कम्पनीको दाबी छ । 

उक्त बाइकमा  MOJO माउच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइकले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।  सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु बिक्री वितरण गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप