बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा ड्याशिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक

बिहीबार, ०३ फागुन २०७४, १३ : ५४
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं– सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक गरेको छ । आकर्षक नीलो रंगमा सार्वजनिक यो फोनले एफफाइभको लोकप्रियतालाई थप उचाई प्रदान गर्ने कम्पनीको विश्वास छ । लिमिटेड एडिशनका रुपमा मूल्य रु. ३६ हजार ४ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपाल भर रहेका अफलाइन बिक्री केन्द्रमार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । 

यूवा पुस्तामाझ भ्यालेन्टाइन् डेको लोकप्रियता र आफ्ना प्यारा तथा नजिकका व्यक्तिलाई विशेष उपहार दिने बढ्दो प्रचलनका कारण बजारमा पृथक तथा विशेष उत्पादनको मागलाई मध्यनजर गर्दै यो फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ उत्पादनले उपभोक्ताको मागलाई सम्बोधन गर्ने र तिनले यसलाई विगतमा झैँ रुचाउने हामीले आशा लिएका छौँ’, सार्वजनिक फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने । 

क्लासिक तथा बोल्ड रंग
विश्वभरका उपभोक्ता र तिनमा पनि विशेष गरी यूवा पुस्ता लक्षित ब्राण्डका रुपमा ओपो एफफाइभ ब्ल्यू लिमिटेड एडिशनले ओपोको फेशन, सुन्दरता र रोमान्सप्रतिको झुकावलाई प्रतिबिम्बित गर्छ । प्रकाश पर्दा ऐनाझैँ तल्किने चहकिलो ब्ल्यू इफेक्ट सहितको ब्याक प्यानल प्रिमियम लुक्सले सुसज्जित छ । क्लासिक र बोल्ड रंगमा उपलब्ध गरिएको ओपो एफफाइभ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनले पृथक फेशन स्टाइल दिनुका साथै फोन प्रयोगकर्ताहरु माझ ग्राहकको व्यक्तित्वको सफल चित्रण दिन सघाउँछ । 

एआई ब्यूटी रिकग्निशन प्रविधि
ओपो एफफाइभ सिरिजका अन्य मोडल्समाझैँ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा पनि पर्सनलाइज्ड ब्यूटीका लागि एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको छ । यसमा रहेको एआई प्रविधिले तस्वीरमा रहेका ब्यक्तिको मुहार आकृतिका बारेमा सुचना संकलित गर्दै केन्द्रिकृत डाटाबेस मार्फत तिनका बारेमा जान्ने तथा सिक्ने क्षमता राख्छ । यो प्रविधिको क्षमतामा सुधारका लागि आरएण्डडी प्रक्रियाका दौरान ब्यावसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्टहरुसँग सल्लाह तथा सुझाव सँकलन गरिएको थियो । नतिजा स्वरुप यो प्रविधिले प्रयोगकर्तालाई अझ उत्कृष्ट र आकर्षक तस्वीर लिन सघाउँछ । 

उच्च रेजोल्यूशन, उत्कृष्ट नतिजा
ओपो एफफाइभ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा एफ/२.० एपर्चर सहितको २० एमपी फ्रण्ट क्यामेरा र एफ/१.८ एपर्चर सहितको १६ एमपी क्षमताको रियर क्यामेरा जडान गरिएको छ । बजारमा रहेका सोही मूल्य श्रेणीका अन्य प्रतिष्पर्धी मोबाइलमा रहेका १३ एमपी वा १६ एमपी क्यामेराका तुलनामा यो उपकरणमा उत्कृष्ट गुणस्तरका तस्विरका लागि उच्च रेजोल्यूशन उपलब्ध गरिएको छ । मोबाइलमा रहेको फ्रण्ट क्यामेराले बोके एफेक्ट उपलब्ध गराउनुका साथै, फ्रण्ट एचडीआरले ओभर एक्स्पोजर जस्ता समस्याको समाधान सहजै उपलब्ध गराउँछ ।

 फुल–स्क्रिन र मनमोहक डिजाइन
ओपो एफफाइभ ड्यासिङ ब्ल्यू लिमिटेड एडिशनमा फोनको आकारमा बृद्धिविना नै ६ ईञ्चको फुल–स्क्रिन एफएचडी+डिस्प्ले उपलब्ध गरिएको छ । १८ः९ एस्पेक्ट रेसियो सहितको उच्च रेजोल्यूशन स्क्रिनको माध्यमबाट यसले प्रयोगकर्तालाई ठूलो स्क्रिनमा जीवन्त दृश्यको मज्जा लिन सघाउँछ । साथै, यसमा अपनाइएको कट–अफ्स विनाको स्लिक यूनिबडी डिजाइनले हेर्दा पातलो प्रिमियम अनुभव दिन्छ । आकर्षक लुक्सका साथै फोन हत्केलामा समाउनपनि निकै आरामदायी छ । फोनमा प्रयोगकर्तालाई फोन अनलकका लागि नयाँ फेसियल रिकग्निशन प्रविधि सहितको फेशियल अनलक सुविधा पनि उपलब्ध गरिएको छ ।


कलर ओएस– हाल सम्मकै उत्कृष्ट
४ जीबी र्याम र ३२ जीबी रोम क्षमतासहितको ओपोको कलर ओएस ३.२ ले प्रयोगकर्तालाई सहज परिचालन अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । फोनमा ओ–सेयर फाइल सेयरिङ प्रविधि पनि उपलब्ध गरिएको छ । यो प्रविधिले ब्ल्यू टूथका तुलनामा केही सेकेण्डमै १ सय गूणा तीब्र गतिमा (८ देखि १० ओटा, ३ एमबी प्रति) ओपो फोनहरुका बीचमा तस्बीर तथा भिडियो आदान–प्रदान गर्न सक्ने क्षमता राख्छ ।

 अधिक शक्तिशाली, कम ताप उत्सर्जन
कम्पनीको फ्ल्यागसिप ओक्टा–कोर सीपीयू प्रोशेसरले कम उर्जाको खपत, न्यूनतम ताप उत्सर्जन गर्दै तीब्र कार्य सम्पादन क्षमता प्रदर्शित गर्छ (पछिल्ला कलर ओएस भर्जन्स्का तुलनामा ४०% सुदृढ कार्य प्रदर्शनी) । फोनमा निहित शक्तिशाली कार्य सम्पादन क्षमताका कारण एउटा एपबाट अर्कोमा जान तथा गेमिङमा रमाउनेका लागि फोन निकै उपयोगी उत्पादनका रुपमा रहेको छ । साथै, फोनमा स्प्लिट स्क्रिन फिचर पनि उपलब्ध गरिएको छ । उदाहरणका लागि स्प्लिट स्क्रिन फिचरको उपयोग गर्दै एउटै स्क्रिनमा यू–ट्यूबको मज्जा लिँदै फेसबुक म्यासेञ्जरमा च्याट समेत गर्न सकिन्छ । 

शक्तिशाली ब्याट्री
ओपो एफफाइभमा निरन्तर लामो समय सम्म फोनको प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ३ हजार २ सय एमएएच क्षमता सहितको ब्याट्री प्रयोग गरिएको छ । साथै, फोनमा प्रयोग गरिएको निरन्तर ओप्टिमाइजिङ प्रविधिले एप्स ब्यवस्थापनमा सघाउँदै प्रयोगकर्तालाई १२ घण्टा सम्म लगातार फोनको प्रयोग गर्न सघाउँछ (परीक्षणमा आधारित) । यसमा गेमिङका लागि ‘डु नट डिस्टर्व’ फञ्सनपनि दिइएको छ । यसको मद्दतले गेम खेलिरहेको बखतमा कसैको फोन आउँदा नोटिफिकेशनलाई ब्यानरका रुपमा देखाउँछ । खेल खेलिरहँदा खेलमा डिस्टर्ब नहोस् साथै, महत्वपूर्ण फोन कल नछुटोस् भन्नु यसको मुल उद्देश्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप