मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन कलेज फोर प्रोफेसनलले सम्पन्न गर्यो कार्यशाला

बिहीबार, ०३ फागुन २०७४, १३ : २६
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं– पाटन कलेज फोर प्रोफेसनल इष्टडिज्को आयोजनामा निःशुल्क नेतृत्व कार्यशाला सम्पन्न भएको छ ।  लर्ड बुद्ध एजुकेसनको सहयोगमा उक्त कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा २ सय ५० ं आबेदनबाट छानिएका  उच्च मा.वि.  र स्नातक तहका २८ जनाको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ । 

कार्यशालामा अनुभवी प्रशिक्षक जोय चौधरीको ८ घन्टा प्रशिक्षण दिएका थिए । बिभिन्न सत्रमा बिभाजन गरिएको उक्त कार्यशाला नेतृत्वका आधारभूत गुणहरूको छलफलबाट सु्रु भएको थियो । छलफलमा नेतृत्वको दक्षता के हो  र कसरी एक कुशल नेता बन्ने ? भन्ने विषयमा छलफल भएको थियो ।  

प्रशिक्षक चौधरीले कुशल नेताको रुपमा स्थापित हुन चाहिने महत्वपूर्ण गुणहरुको को बारेमा प्रकाश पारेका थिए । जसमा सहानुभूति, सेवा नेतृत्व, जस्ता विषयहरु समेत समाबेश गरिएका थिए । अन्त्यमा “आज र भोलीको नेतृत्व “ भन्ने बिषयको बारेमा छलफल वातावरणलाई रोमाचक बनाएको थियो । 

सोही सिलसिलामा कृतज्ञताको प्रमाणको रुपमा पाटन कलेज फोर प्रोफेसनल इस्टडिज् र लर्ड बुद्ध एजुकेसनले हरेक सहभागीहरुलाई ५०हजार सम्मको छात्रवृति प्रदान गरेको थियो  ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप