शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशमा सिकेको सिपलाई स्वदेशमा सदुपयोग, थोत्रा कपडाबाट मालामाल

बिहीबार, ०३ फागुन २०७४, १३ : १८
बिहीबार, ०३ फागुन २०७४

रामहरि श्रेष्ठ
 ओखलढुंगा–ओखलढुंगाका एक युवकले पुराना कपडाहरुको संकलन गरी नयाँ कपडा बनाउने ब्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । बैदेशीक रोजगारीमा जादाँ सिकेको सिपलाई स्वदेश मै सदुपयोग गर्दै सिद्धिचरण नगरपालिका ४ का चक्र गुरुङले संयुक्त कपास उद्योग सञ्चालन गरेका छन् ।

केहि बर्ष अघि बैदेशीक रोजगारीको शिलशिलामा दुबही पुगेका गुरुङले स्वदेश फर्केपछि १० लाखको लागतमा कपास उद्योग सञ्चालन गरेका हुन् । उनले आफ्नो एकल लगानिमा स्वदेशमै केहि गर्नुपर्छ भन्ने हेतुले उद्योग सञ्चालनमा ल्याएको बताउछन् । ‘म बिदेशमा हुदाँ मेरो साथिले यस्तो काम गथ्र्यो , म त्यहिबाट प्रभाबित भए र सोचे नेपाल गएर म पनि यस्तै उद्योग खोल्छु नभन्दै सफल पनि भए’ गुरुङले भने ।
बिभिन्न ट्रेलर तथा ब्यक्तिमार्फत प्रयोग बिहिन (थोत्रा) कपडाहरु संकलगरी त्यसैमार्फत सिरक,डस्ना,सिरानी तथा म्याटेस्हरु बनाईने गुरुङले बताए । पुरानो कपडालाई मसिनो बनाएर काटेपछि त्यसलाई आधुनीक मेसीन मार्फत कपास बनाईन्छ । त्यसैबाट यस्ता किसिमका सामानहरु बनाईन्छ ।

हाल ७ जना कामदान निरन्तर रुपमा उद्योगमा कार्यरत रहेको र उनिहरुलाई नियमित तलब दिएबाट बचेको खर्चले उद्योग सञ्चालनका लागी लिएको ऋणसमेत तिरिसकेको गुरुङले भनाई छ । ‘कस्ट चाहीँ १० लाख जति लाग्यो अहिले पार्ट टाईम र फुलटाईम गरी ७ जना कामरदार छन् । उनिहरुलाई खर्च मेन्टेन गरेर ऋण तिरी सकेर केहि बचत पनि गरेको छु ’।

एकबर्ष अघिबाट सञ्चालनमा ल्याएको कपास उद्योगमा स्थायिनहरुले खेर गैरहेका थोत्रा कपाडाहरु नयाँ कपडा बनाउदै आएका छन् । जिल्लामा यस्ताखाले उद्योग सञ्चालनमा आएपछि पुराना कपडाहरुको पनि सदुपयोग भएको स्थायनियको भनाई छ ।

यता बैदेशीक रोजगारीको मोह त्यागेर स्वदेशमा लगानी गरी कपास उद्योग सञ्चालन गर्ने जिल्लामा अर्का पनि रहेका छन् । उनले सदरमुकामको गोरुमारेभञ्ज्याङमा कपास उद्योग चलाउदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप