बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो देउवा सरकारको अन्तिम क्याबिनेट बैठक

बिहीबार, ०३ फागुन २०७४, ११ : २९
बिहीबार, ०३ फागुन २०७४

काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले आफ्नो उद्देश्य पूरा गरेको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकार सञ्चालनमा सहयोग गर्ने सबैमा धन्यवादसमेत दिएको बैठकपछि खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । 
उनले संविधान कार्यान्वयन गर्ने प्रमुख कार्य स्थानीय निकाय तथा प्रदेश–प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रमुख कार्यभार सम्पन्न गर्न सफल भएको बैठकले निष्कर्ष निकालेको बताए । 
प्रधानमन्त्री देउवाले आज नै देशवासीको नाममा सम्बोधन गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट राजीनामा दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप