शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको अर्को किर्तिमान, जोगियो रियल

बिहीबार, ०३ फागुन २०७४, १० : १६
बिहीबार, ०३ फागुन २०७४

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियल म्याड्रिड पेरिस सेन्ट जर्मेनलाई पराजित गर्न सफल भएको छ ।

अन्तिम १६ अन्तरगत बुधबार राती भएको पहिलो लेगको खेलमा रियल ३–१ गोलअन्तरले विजयी भएको हो ।

एड्रियन राबियोटले पीएसजीलाई बर्नेबाउमा अग्रता दिलाए पनि पहिलो हाफ सकिन लाग्दा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।

टोनी क्रुसलाई लडाएपछि पाएको पेनाल्टीलाई पोर्चुगिज फरवार्डले सजिलै जाली चुमाए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्त्यतिर रियलले ३ मिनेटको अन्तरालमा दुई गोल गर्यो ।

एसेन्सियोको पासमा गोल गर्दै रोनाल्डोले रियललाई अग्रता दिलाए भने मार्सेलोले लगत्तै अर्को गोल थपे ।

खेलमा गोल गर्दै रोनाल्डोले रियलका लागि च्याम्पियन्स लिगमा १ सय गोल पूरा गरेका छन् । कुनै पनि खेलाडीले एउटै क्लबका लागि १ सय गोल गरेको यो पहिलो अवसर हो ।

ला लिगा र कोपा डेलको रेसबाट बाहिरिसकेको रियलले यो जीतसँगै यो सिजन एउटा उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

अर्को लेग मार्च ६ मा पीएसजीको घरेलु मैदानमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप