शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले यसरी दिँदैछन् आज राजीनामा

बिहीबार, ०३ फागुन २०७४, ०८ : ३४
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन् । राजीनामा घोषणाअघि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवाले बुधबार (हिजो) नै सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए । 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको  परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाउन ढिला गरेपछि प्रधानमन्त्रीको कार्यक्रम बिहीबारलाई सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार,

-आज बिहान ९ बजे देउवा नेतृत्व सरकारको अन्तिम मन्त्रिपरिषद बैठक बस्नेछ ।

-मन्त्रिपरिषद बैठक सकिएपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

-बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्नेछ ।

देउवा गत जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप