देउवाले यसरी दिँदैछन् आज राजीनामा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने भएका छन् । राजीनामा घोषणाअघि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने बताइएको छ ।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री देउवाले बुधबार (हिजो) नै सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका थिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाउन ढिला गरेपछि प्रधानमन्त्रीको कार्यक्रम बिहीबारलाई सारिएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार,
-आज बिहान ९ बजे देउवा नेतृत्व सरकारको अन्तिम मन्त्रिपरिषद बैठक बस्नेछ ।
-मन्त्रिपरिषद बैठक सकिएपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।
-बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्नेछ ।
देउवा गत जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार