शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्पिड ब्रेकर हटाउँदै महानगरपालिका

बिहीबार, ०३ फागुन २०७४, ०८ : २८
बिहीबार, ०३ फागुन २०७४

ललितपुर - सवारीसाधनको गति नियन्त्रणका लागि सडकमा बनाइएका ‘स्पिड ब्रेकर’का कारण सडक दुर्घटना बढेपछि ललितपुर महानगरपालिकाले सो हटाउने भएको छ । 

स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिक जसो सडकमा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनुप¥यो भन्दै धेरैजना नगरवासी कार्यालयमा आइरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आउनुभएको थियो ।” महानगरपालिकाका भित्री बाटोमा छोटो दूरीमा नै धेरैवटा स्पिड ब्रेकर छन् । यिनले सडक दुर्घटना बढाएका छन् । 

आगामी दिनमा नयाँ स्पिड ब्रेकर बन्न नदिने योजना महानगरपालिकाको छ । प्रमुख महर्जनले नयाँ बन्न नदिने र भएका पनि बिस्तारै भत्काउँदै जाने बताए । उनले भने “हामीले कतिपय भत्काइसकेका छौँ र कति भत्काउने क्रममा छौँ ।” 

महानगरपालिकावासीले सडक व्यवस्थापन नहुँदा हैरानी बेहोरेको गुनासो गरिरहेका छन् । स्थानीयवासीको गुनासो सम्बोधन गर्दै महानगरपालिका ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक व्यवस्थापनमा लागेको छ । स्पिड ब्रेकर हटाउने, सडक बत्ती राख्ने, व्यस्त सडक ‘वान वे’ र पर्यटकीय स्थानमा सवारी आगमन रोक्ने काम महानगरपालिकाले गर्दैछ । सडकमा सवारी व्यवस्थापनको काम ट्राफिक प्रहरीको भए पनि संरचना निर्माणको काम स्थानीय निकायको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप