शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ एक महिनादेखि प्रजिअविहीन हुँदा समस्या

बिहीबार, ०३ फागुन २०७४, ०८ : १८
बिहीबार, ०३ फागुन २०७४

दमौली, तनहुँ - तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ जिल्ला प्रजिअविहीन भएको हो । 

प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध र हातहतियार खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने कार्य प्रभावित हुँदै आएको बताइएको छ । यतिबेला निमित्त प्रजिअको भरमा जिल्ला प्रशासन कार्य सञ्चालन हुँदै आएको छ । सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तका रुपमा गर्ने सबै काम आफूले गरिरहेको बताए । 

केही सार्वजनिक अपराध, हातहतियार तथा खरखजाना, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्न भने समस्या परेको बताइएको छ । सेवाग्राहीका कुनै पनि काम नरोकिएको दाबी सहायक प्रजिअ पौडेलले गर्नुभयो । निमित्तले गर्न मिल्ने जति सबै काम आफूले गरिरहेको उनले बताए । 

 नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्नृ जिल्ला प्रशासन कार्यालयसमेत अनभिज्ञता प्रकट गरिरहेको छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए । 


केही वर्षअघि प्रजिअ नहुँदा भूपू सैनिकको सिफारिश रोकिँदै आएको थियो । पछिल्ला वर्षमा पेन्सन क्याम्पसँग समन्वय गरी त्यस्ता सिफारिशहरु प्रजिअ नहुँदा निमित्त प्रजिअले समेत गर्नसक्ने व्यवस्था मिलाएकाले यसपटक त्यस्तो समस्या नरहेको दाबी सहायक प्रजिअ पौडेलको छ । तनहुँ जस्तो जिल्लालाई एक महिनादेखि प्रजिअविहीन बनाएर राख्नु राज्यको गैरजिम्मेवारीपन भएको तनहुँवासी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप