बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा जुमा युगको अन्त्य: राष्ट्रपतिद्वारा राजीनामा

बिहीबार, ०३ फागुन २०७४, ०८ : १२
बिहीबार, ०३ फागुन २०७४

एजेन्सी - दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा दिएका छन् ।

बुधवार साँझ उनी निकै थकित देखिएका थिए । पद छोड्न लागेको घोषणा गर्दा क्यामेरासामु उनी थकित देखिएका हुन् ।

गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए । 

आफ्नो भाषणका क्रममा उनले धेरै कुरा अस्वीकार पनि गरेका छन् । 

महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको उनले उल्लेख गरे ।

सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरे।

सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको उनले बताएका छन्  ।

योसँगै जुमा युगको अन्त्य भएको छ। 

यसअघि सत्तारूढ एएनसी पार्टीले राजीनामा दिन अथवा सदनमा महाभियोगको सामना गर्नका लागि तयार रहन जुमालाई चेतावनी दिएको थियो । उपराष्ट्रपति एवं पार्टी सभापति सिरिल रामापोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि दवाब बढ्दो थियो । भ्रष्टाचारलगायत धेरै आरोप झेलिरहेका जुमा सन् २००९ देखि सत्तामा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप