बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ ट्युसन पढ्का लागि विद्यालय छाड्छन् विद्यार्थी

बिहीबार, ०३ फागुन २०७४, ०७ : ३९
बिहीबार, ०३ फागुन २०७४

रसुवा - माध्यमिक शिक्षा परीक्षा नजिकिन थालेपछि जिल्लाको माथिल्लो क्षेत्रमा सञ्चालित विद्यालयका विद्यार्थी बाहिरिने गरेका छन् । नागरिक दैनिकमा खबर छ ।

जिल्लाको आमाछोदिङमो गाउँपालिकामा रहेको विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले ट्युसन पढ्का लागि विद्यालय छाड्ने गरेका हुन् ।

गाउँमा पढ्नका लागि उपयुक्त वातावरण नहुने भएकाले परीक्षा आउन करिव पाँच महिना बाँकी छँदा विद्यार्थीले गाउँ छाड्ने गरेका अभिभावकहरूले जनाएका छन् ।

गाउँपालिकाका गत्लाङस्थित नेपाल राष्ट्रिय मावि, गोल्जुङस्थित पार्वतीकुण्ड मावि र हाकुस्थित हाकु माविमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले दसैंतिहारको बिदासँगै विद्यालय जान छाड्ने क्रम बढेको छ ।

विद्यालय छाडेपछि उनीहरू जिल्लाका स्याफ्रु, कालिाकस्थान र काठमाडौंमा ट्युसन पढ्न जाने गरेका नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक नवीन लामाले बताए ।

परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले कात्तिकबाटै विद्यालय छाडेर अन्यत्र गएपछि पठनपाठन प्रभावित बनेको छ । ‘परीक्षा दिने समयमा मात्र ती विद्यार्थी विद्यालय आउँछन्,’ उनले भने, ‘यसले पठनपाठनमा समस्या हुने गरेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप