शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प दोहोरियो भने काठमाडौंमा कति क्षति हुन्छ ?

बिहीबार, ०३ फागुन २०७४, ०६ : ४५
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं - तीन बर्षअघि गोरखा केन्द्रबिन्दु भएकर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ ।

यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । आजको कारोबारमा खबर छापिएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्याकंन परियोजनाले जापानी सहयोग नियोग(जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।

तीन बर्षको समय लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दाहोरिए काठमाडौं उपत्यकामा मात्र ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ ।

समाचारमा लेखिएको छ, यसअघि पनि विभिन्न दातृ संस्थाहरुले काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको बताउँदै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप