शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपतिलाई किन चाहियो अर्को गाडी ?

बिहीबार, ०३ फागुन २०७४, ०६ : ३२
बिहीबार, ०३ फागुन २०७४

काठमाडौं - सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको छ ।

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो ।

तर, उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृहमन्त्रालयले ४० लाखमा स्कोरपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो ।

अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपतिलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

पूर्वराष्ट्रपतिका अतिथि र पाहुना आउँदा कतिपय अवस्थामा ल्याउन र पुर्याउन जानुपर्ने अवस्था भएकाले अर्को गाडी आवश्यक परेको यादवका निजी सचिव किरण पन्थीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप