शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई

बुधबार, ०२ फागुन २०७४, २२ : ४६
बुधबार, ०२ फागुन २०७४

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेकोमा माओवादी अध्यक्ष प्रचण्डले नेपाली खेलाडीलाई बधाई दिएका छन् । 

आज भएको खेलमा नेपालले क्यानाडालाई हराउँदै विश्वकप छनौटमा नेपालले स्थान पक्का गरेको हो ।

रातोपाटीका खेल संवाददातसँगको कुराकानीमा प्रचण्डले जित निकालेकोमा नेपाली खेलाडी र टिमका अन्य सदस्यलाई बधाई दिएका हुन् ।

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकार बनेपछि नेपाली क्रिकेटको विकासका लागि विशेष योजनाहरु पनि ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप