शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल डिभिजन टुको शीर्ष दुईमा, अब के ?

बुधबार, ०२ फागुन २०७४, २२ : ३३
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ । रोमाञ्चक खेलमा क्यानाडालाई पराजित गरेपछि नेपालले आइसीसी विश्व क्रिकेट लिगको डिभिजन टुको शीर्ष दुईमा स्थान पक्का गरेको छ । 

यस जीतको अर्थ के ? अब के हुनेछ ? यो प्रश्न आम पाठकमा हुन सक्छ । 

४ मार्चदेखि २५ मार्चसम्म जिम्बाबेमा हुने आईसीसी विश्वकप छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । 

सेप्टेम्बर २०१७ भित्र वरियतामा शीर्ष १२ टोलीमध्ये पुछारमा रहेका चार टोलीले विश्वकप छनोट खेल्नुपर्ने नियम आईसीसीले बनाएको थियो । 

वरियताका शीर्ष ८ टोलीले मात्रै विश्वकपमा सोझै प्रवेश पाए । त्यसैले उक्त मितिमा नवौंदेखि १२ औं स्थानमा रहेका वेस्ट इन्डिज अफगानिस्तान, आयरल्यान्ड र जिम्बाबेले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । 

आईसीसी वल्र्ड क्रिकेट च्याम्पियनसिपबाट छनोट भएका चार टिम नेदरल्याण्ड, हङकङ, पिएनजी र स्कटल्यान्डले पनि प्रतियोगिता खेल्नेछन् । 

च्याम्पियनसिपबाट रेलिगेसनमा परेका चार टोली केन्या,युएई, नेपाल र नामिबियाले अहिले डिभिजन ३ बाट बढुवा भएका क्यानेडा र ओमानसँगै डिभिजन–२ खेलिरहेका छन् । डिभिजन–२ को शीर्ष स्थानमा रहने २ टोली विश्वकप छनोटमा छानिने प्रावधान अनुरुप नेपाल र युएईले छनोटमा आ–आफ्नो स्थान पक्का गरेका हुन् । 

यी दुई टोलीमध्ये डिभिजन २ को विजेता र उपविजेताको छिनोफानो हुन बाँकी छ । त्यसका लागि फाइनल खेल हुनेछ । तर, जसले उपाधि जितेपनि दुबै टोली विश्वकप छनोटमा पुगिसकेका छन् । 

छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेपनि केवल २ टिममात्रै विश्वकपका लागि छानिनेछन् ।

बाँकी ८ टिम यसअघि नै छनोट भइसकेकाले सन् २०१९ मा इङल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा सहभागी हुने टोलीको कुल संख्या १० हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप