बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी आजको बैठकमा जुन विषय बन्यो सवैभन्दा ‘पेचिलो’

बुधबार, ०२ फागुन २०७४, २२ : २२
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–एमाले र माओवादीवीच पार्टी एकतासहित शक्ति बाँडफाँडका महत्वपूर्ण मुद्दामा अन्तिम निर्णय लिन आज दिनभर बैठक बस्यो ।

पहिला एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ कुराकानी भयो ।

त्यसपछि एमाले स्थायी समिति बैठक बस्यो ।

माओवादी नेताहरुवीच पनि छलफल भयो । 

त्यसपछि दुवै पार्टीका शीर्षनेता रहेको एकता संयोजन समितिको वैठक बस्यो । 

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले ‘एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको’ बताएका थिए ।

त्यसो भए ५ प्रतिशत के कुरा मिलने ? अर्थात विवादको विषय के हो त ?

बैठकमा सहभागी एक नेताका अनुसार सैद्धान्तिक विषय आजको बैठकमा सवै भन्दा पेचिलो बनको थियो ।

एमाले नेताहरुले पार्टीको मुख्य सिद्धान्त जनताको बहुदलीय जनवाद बनाउनुपर्ने अडान लिएका थिए ।

तर, माओवादी नेताहरुले चाहिँ माओवादलाई मुख्य सिद्धान्त मान्नुपर्ने अडान लिउका थिए ।

स्रोतका अनुसार बैठकमा आज सवैभन्दा बढी बहस भएको विषय यही नै थियो । 

समाजबादउन्मुख कार्यदिशा अपनाउने भन्नेमा नेताहरु सहमत छन् ।

तर, जवज र माओवाद के मान्ने भन्नेमा विवाद कायम छ ।

तत्कालका लागि माक्र्सवाद–लेनिनवाद मान्ने र अरु विषय एकता महाधिवेशनमा लैजाने गरी सहमति जुटन सक्ने स्रोतको भनाई छ ।

यस विषयमा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकबाट टुंगाइनेछ । 

बैठकपछि पत्रकारसँगको कुराकानीमा एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको बताए । उनले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने बताए । 

दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो ।

एमाले–माओवादी एकता वार्ता : माधव नेपालले ‘एकछिन् पर्खनुस्’ भनेपछि यसरी रोकियो लिखित सहमति....

आजको वार्तामा एमाले र माओवादीबीच सहमति जुटेका यी हुन् १६ बुँदा

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप