शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आइसिसी विश्व क्रिकेट लिग नेपालले हरायो क्यानाडालाई

बुधबार, ०२ फागुन २०७४, २१ : २४
बुधबार, ०२ फागुन २०७४

काठमाडौं -आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडालाई हराएको छ ।

नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

अन्तिम बलसम्मको कसरतमा नेपालले खेल जितेको हो । 

नेपालले १ विकेटले जित निकालेको हो । 

नेपालको जितमा कारण केसीले ४२ तथा दिलीप नाथले ४१ रन बनाए । 

टस हारेर पहिलो ब्याटिङ गरेको क्यानाडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । 

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ थिए । 

पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेलमा ओमानसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा सोमबार युएईलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप