शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकता संयोजन समिति बैठक जारी रहेकै बेला उपाध्यक्ष रावलले दिए यस्तो प्रतिक्रिया

बुधबार, ०२ फागुन २०७४, १९ : २५
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ– नेकपा (एमाले)ले उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)  बीचको एकता संयोजन समितिको बैठकले संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टँंगो लगाउने बताएका छन् ।  ललितपुरको मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले एकताका विविध पक्षमा छलफल भइरहेको बताए । 

उनले भने, “दुई अध्यक्ष समान समान हैसियतमा रहँदा आउन सक्ने कानुनी एवं व्यावहारिक जटिलताका विषयमा छलफल भइरहेको छ ।” यसअघि एमाले र माओवादी केन्द्रले आ–आफ्नो पार्टीले पार्टी एकताका विषयमा छलफल गरेका थिए ।  त्यसलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक बसेको हो 
। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप