बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रेडपाण्डाको  छालासहित दुईजना पक्राउ

बुधबार, ०२ फागुन २०७४, १९ : ०९
बुधबार, ०२ फागुन २०७४

तुलसीपुर– दुर्लभ बन्यजन्तु रेडपाण्डाको  छाला प्रहरीलाई बिक्री गर्न खोज्ने दुईजना दाङको तुलसीपुरमा  छालासहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका ६ निबासी ५१ बर्षका रुपलाल बोहोरा र त्रिवेणी गाउँपालिका ३ टोट्के निवासी ३६ बर्षका टोपबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनाएका छन्  । 

आरोपी दुई जनालाई प्रहरीले तुलसीपुर उपमहानगरपालिका ९ वेलुवाबाट बुधबार दिउसो २ बजे पक्राउ गरेको थियो । ५ नं. प्रदेशको प्रहरी विउरो र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो  ।

 दुवै जनाले रुकुमबाट डेढ लाखमा खरिद गरेर चार लाख रुपैयाँमा विक्रि गर्ने भन्दै तुलसीपुरसम्म आएका थिए । उनिहरुसंग प्रहरीले केहि दिन यता रेडपाण्डको मोलमोलाई गर्दै आइरहेको थियो । प्रहरीले छाला सहित पक्राउ गरेका दुवै जनालाई धनौरी सेक्टर वन कार्यालय तुलसीपुरलाई जिम्मा लगाएको छ । नेपालका हिमाली जिल्लामा पाइने रेडपाण्डाको छाला तस्करहरुले तेस्रो मुलुकमा निर्यात गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप