शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची सिद्धाराका बासिन्दाले १२ वर्षपछि लालपुर्जा पाएपछि...

बुधबार, ०२ फागुन २०७४, १८ : ५२
बुधबार, ०२ फागुन २०७४

 अर्घाखाँची– अर्घाखाँचीको सितगंगा ९, १० ,११ वडा तथा साविक सिद्धारा गाबिसका नागरिकले १२ बर्षपछि लालपुर्जा पाएका छन् । लालपुर्जा पाएलगत्तै उनीहरु निकै खुसी भएका छन् ।  आज  साबिक सिद्धारा गाबिसको हर्रेमा एक कार्यक्रमका बीच १८ सय ३५ जना जग्गा धनीलाई लालपुर्जा हस्तान्त्रण गरिएको हो । १२ बर्षपछि जग्गाधनिले हातमा लालपुर्जा पाएपछि खुसी भएका हुन् ।  प्रक्रिया नपुगेर बितरण हुन बाँकी रहेका २२ ५ जग्गा धनिलाई प्रक्रिया पुगेको १ सय २० दिन भित्र लालपुर्जा हस्तान्त्रण गरिने विशेष नापी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , प्रहरी नायव उपरीक्षक एक नारायण कोईराला , मालपोत कार्यालय प्रमुख, नापी तथा विशेष नापी कार्यालय प्रमुख,  संचारकर्मी , सितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उप प्रमुख टिकाराम रेश्मीमगर ,सितगंगा ९ का वडा अध्यक्ष भिमबहादुर केसी , वडानं १० का वडा अध्यक्ष हिम्मत पोखरेल , वडानं ११ का वडा अध्यक्ष  कोपिला चन्द्र आले लगायतको उपस्थितिको रोहबरमा जग्गाधनिलाई लालपुर्जा बितरण गरिएको थियो ।

१० बर्षे जनयुद्धको बेला २०६२ सालमा नेकपा माओबादीले जिल्ला आक्रमण गर्दा जिल्ला मालपोत कार्यालयमा जग्गाधनिको लालपुर्जाका श्रेस्ता जलेपछी जग्गाधनि लालपुर्जा बिहिन भएका थिए । उतिबेला जिल्लाका ध्वस्त भएका अधिकांश संरचनाहरू निर्माण त भए तर पुनस् नापी समयमा हुन नसक्दा जिल्लाका धेरै साबिक गाबिसहरूका जग्गाधनिले अझै लालपुर्जा पाउन सकेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप