शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको सिबिए र सञ्चालक सदस्य निर्वाचनमा गठबन्धन विजयी

बुधबार, ०२ फागुन २०७४, १८ : ४२
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ  र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हाँसिल गरेको छ ।   माघ २९ गते सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट नेपाल दूरसञ्चार कर्मचारी संघको लोगो र कर्मचारी प्रतिनिधि सञ्चालकमा साझा उम्मेदवार राज बहादुर रावल विजय भएका हुन् ।  संयुक्त गठबन्धन अन्तर्गत नेपाल दूरसञ्चार कर्मचारी संघको केन्द्रीय अध्यक्षमा राजबहादुर रावल रहेका छन् भने नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको केन्द्रीय अध्यक्ष दामोदर के.सी.हुन् । 

सिबिए निर्वाचन श्रम ऐनअनुसार दुई वर्षका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्नका लागि चुनिने आधिकारिक कमिटी हो । त्यसैगरी कर्मचारी प्रतिनिधि सञ्चालक पनि सञ्चालक समितिमा दुई वर्षका लागि सम्पूर्ण कर्मचारीहरु मध्येबाट चुनिएको व्यक्ति हुन पाउने प्रावधान रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप