शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुल्ला पुरुष भलिबलः दी फेमस महेन्द्र दल गण फाइनलमा

बुधबार, ०२ फागुन २०७४, १८ : ३५
बुधबार, ०२ फागुन २०७४

भरतपुर– दी फेमस महेन्द्र दल गण भरतपुरको टोली पद्मोदय खुल्ला पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । भरतपुर–२२ स्थित पद्मोदय युवा क्लबको आयोजनामा पदमपोखरीमा जारी भलिबल प्रतियोगिताको बुधबार सम्पन्न सेमीफाइनलमा महतो कटेज साझापुर मेघौलीलाई ३–२ को संघर्षपूर्ण सेटमा पराजित गर्दै नेपाली सेनाको टोली फाइनलमा पुगेको हो ।

पहिलो सेट २३–२५ मा गुमाएको दी फेमसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि तेस्रो सेट २१–२५ ले गुमाएपनि त्यसपछिका दुई सेटमा २५–२० र १५–६ को जित निकालेपछि उपाधि भिडन्त पक्का गरेको हो ।

दी फेमसले अब उपाधिका लागि बिहीबार हुने चुलो रेष्टुरेन्ट नारायणगढ र हिमाल युवा क्लब भरतपुर–१३, चम्पानगरबीचको सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए । फाइनल खेल दिउँसो २ बजे गरिनेछ । त्यसअघि बिहान ११ बजे दोस्रो सेमिफाइनल गराइनेछ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र सेमिफाइनलमा पराजित दुई टिमले १०–१० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा कूल १३ टिम सहभागी रहेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप