मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यी १० उपाय अपनाउनुहोस्, दुई हप्तामै घट्छ तौल

आइतबार, १८ असार २०७४, १४ : ०३
आइतबार, १८ असार २०७४

चाँडै नै तौल घटाउन चाहनुहुन्छ तर आफूले सोचेजस्तो भइरहेको छैन भने हामी तपाईंलाई यसका लागि तरिका बताउँदैछौं ।

१. ग्रीन टीः

ग्रीन टी चाँडै नै तौल कम गर्न सहयोग गर्दछ । यसको नियमित सेवनले चमत्कारिक रुपमा तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई कम गर्नमा सहयोग गर्दछ । दैनिक तीनदेखि पाँच कप ग्रीन टी पिउँदा लगभग ४० प्रतिशत फ्याट बर्न हुने अनुसन्धानले बताएको छ ।

२. बिहानको व्यायामः

यदि तौल घटाउन चाहनुहुन्छ भने दैनिक बिहान व्यायाम गर्न नछुटाउनुहोस् । दिउँसोभन्दा बिहान व्यायाम गर्दा निकै लाभकारी मानिन्छ । अध्ययनका अनुसार बिहान व्यायाम गर्दा लगभग तीन गुणाबढि फ्याट बर्न हुने गर्दछ । त्यसकारण बिहान चाँडै उठेर कम्तीमा पनि आधा घण्टा व्यायाम अवश्य गर्नुहोस् ।

३. अत्यधिक सक्रिय रहनुहोस्ः

रचनात्मक बन्नुहोस् र आफ्नो दिनचर्यामा केही अतिरिक्त शारिरिक गतिविधि समावेश गर्नुहोस् । आफ्नो दैनिकीमा यदि तपाईं शारिरिक रुपमा थोरै सक्रिय बन्नुभयो भने तपाईंको अतिरिक्त बोसो घट्ने गर्दछ । यी साना गतिविधीद्वारा सबै अतिरिक्त क्यालोरीलाई बर्न गरेर तपाईं आफ्नो तौल घटाउन सक्नुहुन्छ ।

४. स्वस्थ कदम उठाउनुहोस्ः

घर नजिकै बजार छ भने आफ्नो कार वा बाइकलाई पार्किङमा नै छोडेर हिँडेर जानुहोस् । स्वस्थ रहन हिँड्नैपर्छ । दैनिक अफिस वा आफ्नो अपार्टमेन्टको सिँढि चढेर पनि तपाईं धेरै क्यालोरी बर्न गर्न सक्नुहुन्छ र यदि तपाईंसँग बाहिर जाने फुर्सद छैन भने तपाईं प्याडोमिटर खरिद गरेर त्यसमा नै हिँड्न सक्नुहुन्छ । दैनिक १० हजार पाइला चालेर तपाईं दैनिक सय क्यालोरी बर्न गर्न सक्नुहुन्छ ।

५. पर्याप्त पानी पिउनुहोस्ः

स्वस्थ शरिरका लागि सधैं पर्याप्त मात्रामा पानी पिउने सल्लाह दिइन्छ । पानीले शरिरमा जमेको बोसोको मात्रा कम हुने गर्दछ । यदि तपाईं पर्याप्त पानी पिउनुहुन्न भने मृगौलाले आफ्नो अधुरो काम कलेजोलाई सुम्पिने गर्दछ । शरिरमा जमेको बोसोलाई ऊर्जाको लागि उपयोग गर्नु कलेजोको सबैभन्दा महत्वपूर्ण काम हो तर यसले आफ्नो कार्यलाई राम्रोसँग गर्न पाउँदैन किनभने यसले मृगौलाको अधुरो काम पनि गर्नुपर्ने हुन्छ ।

६. पर्याप्त निन्द्राः

पर्याप्त निन्द्राले तपाईंलाई स्वस्थ जीवन उपहारस्वरुप दिएको हुन्छ । पूरा निन्द्रा पछि दिमाग ताजा भएर आफ्नो काम गर्न थाल्छ । यसका साथै निन्द्राले तौल कम गर्न पनि सहयोगी भूमिका खेल्ने गर्दछ । आठ घण्टाभन्दा बढि र ६ घण्टाभन्दा कम सुत्ने मानिसहरुको तौल सातदेखि आठ घण्टा सुत्नेको तुलनामा धेरै हुन्छ ।

७. खाना खानुभन्दा पहिले पानी वा फलफूलको जूसः

खानुभन्दा पहिले एक गिलास पानी वा सागसब्जीको जूस पिउँदा तपाईंलाई पेट भरिएकोजस्तो महसुस हुन्छ । जसका कारण तपाईं धेरै खानुहुन्न र तपाईंको तौल तीब्र रुपमा घट्ने गर्दछ ।

८. खाना राम्रोसँग चपाएर खानेः

तपाईंले जे सुकै खानुहुन्छ त्यसलाई राम्रोसँग चपाएर बिस्तारै खानुहोस् । खाना राम्रोसँग चपाउँदा सजिलै पच्छ र ढिलो गरेर खाँदा तपाईं धेरै खान सक्नुहुन्न जसले तौल कम गर्न सहयोग गर्दछ ।

९. वेटलिफ्टिङले तौल कमः

केही दिनभित्रै तौल कम गर्नका लागि जिम प्रशिक्षकको निर्देशनमा वेटलिफ्टिङ गर्नुहोस् । वेटलिफ्टिङ गर्दा शरिरको बोसो चाँडै नै बर्न हुन्छ ।

१०. धेरै बेरसम्म बस्नु ठिक होइनः

धेरै बेरसम्म बसिरहँदा शरिरमा अत्यधिक बोसो जम्मा हुने गर्दछ । मिसौरी विश्वविद्यालयका शोधकर्ताका अनुसार बसिरहँदा वा चार घण्टाभन्दा धेरै समयका लागि निष्क्रिय रहँदा तपाईंको मेटाबोलिजम स्लो हुन्छ जसले सजिलै बोसो जम्मा हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप