शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सीजी मोटोकर्पले टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिने

बुधबार, ०२ फागुन २०७४, १८ : १०
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–सुजुकीको चारपाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सिजि होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिने भएको छ । सोही सिलसिलामा कम्पनीले गत माघमा राइड क्याम्पेन सम्पन्न गरेको छ ।

उपभोक्ताहरुका लागि खरिद निर्णय लिनुपूर्व पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने उद्धेश्यका साथ आयोजना गरेको यस कार्यक्रममा सुजुकीका दशवटा आधिकारिक शोरुमको सहभागिता रहेको कम्पनीले जनाएको छ । क्याम्पेनमा सहभागिता जनाउने शो रुमहरुमा भक्तपुर, बनेपा, पोखरा, बाग्लुङ्ग, दमौली, नारायणघाट, लहान, इटहरी, दमक र विराटनगर रहेका छन् । 

कम्पनीले पुषदेखि यता हालसम्म १८ स्थानमा सफलतापुर्वक क्याम्पेन सम्पन्न गर्दै आएको जनाइएको छ । कम्पनीका अनुसार माघमा सम्पन्न क्याम्पेनमा ७ सय १४ जना टेष्ट राईड सहभागी भएका थिए ।  उक्त कम्पनीका मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएमश्री सिरज पन्तका अनुसार “ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको थियो र माघ महिनाको क्याम्पेनमा पनि निकै हौसलापूर्ण सहभागिता देखिएको छ, हालसम्म १२ सयभन्दा धेरै ग्राहकवर्गले यो सुविधा महसुस गर्नु भएको छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप