बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरबाट लागूऔषध कारोबारका फरार अभियुक्त श्रेष्ठ पक्राउ

बुधबार, ०२ फागुन २०७४, १७ : ५६
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–काठमाडौंको बानेश्वरबाट लागू औषध कारोबारमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  ब्राउनसुगर र नाइट्रोभेट कारोबार गरेको  आरोपमा मुद्धा खेपिरहेका  काठमाडौंका ३३ वर्षीय सन्दीप श्रेष्ठलाई आज बानेश्वरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको प्रहरी टोलीले  पक्राउ गरेको हो ।

श्रेष्ठमाथि उच्च अदालत तुल्सीपुर बुटवलको इजलासबाट एकवर्षअघि ५ वर्ष कैद  र ५ हजार रुपैयासहितको जरिवाना हुन ठहर भएको थियो । श्रेष्ठलाई भारतको सुनौली बजारबाट लागूऔषध ब्राउनसुगर खरिद गरी नेपाल फर्कने क्रममा लुकाई छिपाई राखेको अबस्थामा सन्दिपराजको साथबाट १५ पिस नाइट्राभेट ट्याबलेट र अर्का प्रतिवादी संविधान खत्रीबाट ३ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेकोमा उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप