शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लायन्स मल्टिपल फेस्टिभल मोटर र्याली हुने

बुधबार, ०२ फागुन २०७४, १७ : २८
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– काठमाडौंदेखि विराटनगरसम्म लायन्स मल्टिपल फेस्टिभल मोटरय र्याली आयोजना गरिने भएको छ । भोली फागुन ३ गते काठमाडौंबाट प्रारम्भ हुने र्यालीमा १ सय १ कारको सहभागिता रहने जनाइएको छ ।  काठमाडौंको नक्साल नारायणचौरस्थित स्टार पार्टी भेन्युबाट प्रारम्भ हुने र्याली बनेपा, सिन्धुली, बर्दिबास, लहान, इटहरी हुँदै बिराटनगर पुग्नेछ । लायन्स मल्टिपल डिष्ट्रिक्ट ३ सय २५ ए१, ए२, बी१ र बी२ को आयोजना र नेपाल मोटर स्पोर्ट्स क्लब (एनएमएससी) को प्राविधिक सहयोगमा उक्त र्यालीको आयोजना हुने भएको हो । 

लायन्स मल्टिपल काउन्सिल चेयरम्यान बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा मोटर र्याली प्रारम्भ हुनेछ । लायन्स फेस्टिभललाई सहयोग पुगोस् भन्ने उद्देश्यले र्यालीको आयोजना गरिएको जनाइएको छ । यसबाट सडक सुरक्षा सम्बन्धी सकारात्मक सन्देश समेत प्रवाहित हुने ¥याली संयोजक तथा ३२५ ए१ का रिजन चेयरपर्सन किशोर भट्टराईले बताए । 

एउटा कारमा बढीमा ४ जना सहभागी हुनेछन् । लक्की ड्रमार्फत र्यालीमा सहभागीहरु मध्येबाट टर्किस एयरलाइन्सले अमेरिका भ्रमणको अफर उपलब्ध गराउने भएको छ ।  विराटनगरमा हुने कार्यक्रममा हाजिरीजवाफ, फुटबल प्रतियोगिता, भलिबल प्रतोयोगिता, टग अफ वार, ब्याडमिन्टन प्रतियोगिता, चेस प्रतियोगिता आदि आयोजना हुनेछ । सो अवसरमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ । 

लायन्सले सन् २०१७–२०१८ लाई सेन्टेनियल इयरको रुपमा मनाउदै छ । सोही अवसरमा १ सय १ कार सहितको ¥याली आयोजना गरिएको ¥यालीका प्राविधिक संयोजक तथा डिष्ट्रिक्ट ३२५ ए१ का जोन चेयरपर्सन मधुसूदन सिग्देलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप