मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादीका भट्टको दाबी पेश

बुधबार, ०२ फागुन २०७४, १७ : १७
बुधबार, ०२ फागुन २०७४

धनगढी–प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश सांसद त्रिलोचन भट्टको दाबी परेको छ । माओवादी केन्द्र प्रदेश ७ का प्रदेश संसदीय दलका नेता समेत रहेका भट्टलाई मुख्यमन्त्रीका लागि संयुक्त बामगठबन्धनका तर्फबाट आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरिएको हो । 

बुधबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यहरुको समर्थन स्पष्ट देखिने गरि मुख्यमन्त्री पदका लागि पर्सी शुक्रबार बिहान ११ बजेभित्र दाबी पेश गर्न सुचना प्रकाशित गरेको थियो ।  प्रकाशित सुचना अनुसार माओवादी केन्द्रबाट डोटी ‘ख’ बाट निर्वाचित सांसद भट्टलाई संयुक्त बामगठबन्धनका तर्फबाट बुहमत सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष सिफारिस गरेको माओवादी केन्द्र सचिवालय सदस्य तथा प्रदेश ७ का इन्चार्ज लेखराज भट्टले बताए ।

बामगठबन्धनका तर्फबाट मुख्यमन्त्रीका लागि सिफारिस गरिएका भट्टका पक्षमा एमाले २५ जना र माओवादी केन्द्रका १४ जना सांसदको समर्थन रहेको छ ।  यो प्रदेशमा गठबन्धनको सहमति बमोजिम मुख्यमन्त्री माओवादी केन्द्रको भागमा र सभामुख एमालेको भागमा परेको थियो । यसअघि सभामुखमा एमालेका बझाङ ‘ख’ बाट निर्वाचित सांसद अर्जुनबहादुर थापा चयन भइसकेका छन् । 

चारवटा दल ( एमाले २५ जना, माओवादी केन्द्र १४ जना, काँग्रेस १२ जना र राष्ट्रिय जनता पार्टीका दुई जना) को गरी ५३ जना सांसद रहेका छन् ।  मुख्यमन्त्रीमा सिफारिस भई प्रदेश प्रमुख मल्ल समक्ष आफ्नो दाबी पेश गरेपछि भट्टले आफूले सबैको दलसँग समवन्य गरेर प्रदेश ७ को विकास निर्माणमा अहम् भूमिका खेल्ने बताउँदै संघीयता कार्यान्वयनमा जोड दिने प्रतिक्रिया दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप