केन्द्रीय संस्करण

चितवनका हात्तीलाई वनभोज

person access_timeफागुन २, २०७४ chat_bubble_outline0

चितवन– चितवनको सौराहामा जारी १२ औं सौराहा फुड फेस्टिबलको अवसरमा हात्तीहरुलाई वनभोज खुवाइएको छ । 
प्रणय दिवसको अवसर पारेर रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (क्षेत्रीय रेवान ) सौराहाको आयोजनामा जारी सौराहा फुड फेस्टिबलमा बुधबार ६५ वटा हात्तीहरुलाई वनभोज खुवाइएको हो । 
खाना महोत्सवमा यस वर्ष नयाँ आकर्षणका रुपमा हात्ती वनभोज कार्यक्रमको आयोजना गरिएको हो । हात्तीहरुलाई उखु , खिर , फलफुल , तरकारी लगायतको खानेकुराहरु खुवाइएको थियो । फागुन ३ गतेसम्म चल्ने खाना महोत्सवमा करिव ७० वटा स्टल रहेका छन् । 
बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको संमन्वयमा प्रेम दिवसको दिनमा हात्तीहरुलाई वनभोज खुवाइएको हो  ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X