बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ को मुख्यमन्त्रीमा राई नियुक्त

बुधबार, ०२ फागुन २०७४, १७ : ०४
बुधबार, ०२ फागुन २०७४

उर्लाबारी– प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त भएका छन् ।  प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा राईले मुख्यमन्त्रीमा नियुक्त गर्न सोमबार प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले राईलाई नियुक्तिपत्र प्रदान गरेका थिए । उनले भोलि बिहीबार वीरेन्द्र सभागृहमा शपथ ग्रहण गर्ने र भोलि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी  गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप