बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेपत्ता छानविन आयोगले ४ सयभन्दा बढी उजुरी मेलमिलाप आयोगमा पठायो

बुधबार, ०२ फागुन २०७४, १६ : ४९
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– बेपता पारिएका व्यक्तिहरुको छानविन गर्न गठित आयोगले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी आयोगले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेको हो ।  आयोगका अनुसार बेपत्तासम्बन्धी परेका ३ हजार ९३ उजुरीहरुमध्ये अधिकांश उजुरीहरु छानविनमा परेका छन् ।

तीमध्ये २ हजार २ सय ५८ उजुरीहरुलाई विस्तउृत छानविनमा लैजाने निर्णय भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा जनाइएको छ । प्राप्त उजुरीहरुलाई तीन चरणमा छानविनमा लैजाने गरी तयारी गरिएको आयोगले जनाएको छ । 

त्यस्तै आयोगले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने ४ सय १४ उजुरीहरुलाई सत्य निरुपण तथा मेलमिलाप अयोगमा पठाएको जनाएको छ भने २ सय ७१ उजुरीहरु तामेलीमा रहेको जनाइएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा हालसम्म ९१.९७ प्रतिशत पुरुष र ८.०३ प्रतिशत महिलाहरु बेपत्ता पारिएको जनाइएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप