शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकको ७० औँ शाखारहित बैंकिङ्ग सेवा रुकुममा

बुधबार, ०२ फागुन २०७४, १६ : ४०
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–ग्लोबल आइएमई बैंकले  बुधबार देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 
सानीभेरी गाउँपालिका ९, सिम्लीमा खोलिएको सेवाको २०७४ फागुन ०२ गते बुधबार सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे । 
उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्का लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप