बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा घिमिरे

बुधबार, ०२ फागुन २०७४, १६ : ०८
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले आजदेखि सम्हालेका छन् ।  उनी वि.सं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

घिमिरेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ को दफा २० बमोजिम कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।   वि.सं २०७४ जेठ ८ गतेदेखि प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका दीप बस्न्यात उमेरहदका कारण फागुन १ गतेबाट अवकाश पाएका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप