शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकले ल्यायो आकर्षक नगद फिर्ता योजना

बुधबार, ०२ फागुन २०७४, १५ : ४४
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–हिमालयन बैंकले एक  आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् ।
यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । यस्तै ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५ प्रतिशत  र अनलाइन बाट सामान खरिद गर्दा १० प्रतिशत सम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ । 
 उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । 
नेपालको बैंकिङ्ग क्षेत्रमा एटिएम सुरुवात गर्ने पहिलो बैंक हिमालयन बैंक हो । यस बैंकका मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि पीओएस  मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको पीओएस मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुने बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप