शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दरबारमार्गबाट नायब प्रहरी निरीक्षक श्रेष्ठ पक्राउ

बुधबार, ०२ फागुन २०७४, १५ : ३८
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ– मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक ९सई० राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए । 

सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।  श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप