शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेम दिवसमा आफ्नो फोक्सोलाई माया गर्न आग्रह

बुधबार, ०२ फागुन २०७४, १५ : ३०
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– वायु प्रदूषणको विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको साताव्यापी अभियान मास्कमाण्डुको आज ‘मास्कमाण्डु हैन हामीलाई काठमाडौँ चाहिन्छ’ भन्दै समापन गरिएको छ । 
प्रणय दिवसका अवसरमा ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मुख्य नारा रहेको कार्यक्रममा हजार जनाभन्दा बढी युवा, विद्यार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो । 

मास्कमाण्डु एक र दुई पश्चात वायुको गुणस्तरमा सुधारका लागि केही नीतिगत व्यवस्था भएता पनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएकाले सर्वसाधारणमा सचेतनाका लागि मास्कमाण्डु तेस्रो अभियानको आयोजना गरिएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए । 

कार्यक्रममा माक्सबिना काठमाडौँमा बाँच्न गाह्रो भयो भन्दै रत्नपार्कको बीच सडकमा सहभागीहरु लम्पसार परेका थिए भने कार्यक्रमकै एक सहभागीलाई प्रधानमन्त्रीको रुप मानेर माक्सले बनाएको माला लगाइएको थियो । 

मास्कमाण्डु ३ अभियानमार्फत शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ–आफ्नो स्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न अनुरोध गरिएको छ । 
अभियान अन्तर्गत उपत्यकाका चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी, माइतीघरलगायत विभिन्न चोकहरुमा स्वच्छ हावाको लागि श्रृंखलावद्ध सांकेतिक प्रदर्शन भएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप