शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन एचआईभी संक्रमितहरुको माग

बुधबार, ०२ फागुन २०७४, १५ : ११
बुधबार, ०२ फागुन २०७४

काठमाडौं–एचआईभी एड्स संक्रमितहरुले गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 
बुधबार काठमाडौंमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले क्षयरोगका कारण पनि एचआईभी एड्स संक्रमितहरुको ज्यान जाने गरेकाले दुवै रोगको निदानका लागि एकीकृत कार्यक्रम संचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
 एचआईभी एड्स संक्रमितहरुलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सरकारसँग माग गरिएको राष्ट्रिय एचआईभी एड्स महासंघका अध्यक्ष अच्युत सिटौलाले जानकारी दिए । 
 नेपालमा करिव १५ हजार एचआईभी एडस संक्रमितहरु गुणस्तरीय सेवाको अभाव छटपटाई रहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ ।
महासंघले एचआईभी एड्स संक्रमितहरुको उपचारमा सहभागी हुन सबै स्थानीय तहसँग पनि आग्रह गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप