शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्ना नागरिकमाथि रासायनिक हतियार प्रयोग भए सिधै हमला गर्ने राष्ट्रपति म्याक्रोको चेतावनी

बुधबार, ०२ फागुन २०७४, १५ : ०८
बुधबार, ०२ फागुन २०७४

एजेन्सी– फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला गर्ने चेतावनी दिएका छन् ।  सिरियाली सेनाले विपक्षीलाई दबाउने नाममा यस्ता हतियार प्रयोग गर्दै आएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला उनको यो प्रतिक्रिया आएको हो ।

उनले भनेका छन्,  यदि कुनै पनि फ्रान्सेली नागरिकमाथि यस्तो हमलाको प्रमाण फेलापर्यो भने हामी बाँकी राख्दैनौँ, यस्तो खालको आक्रमणको तयारी गर्ने स्थानमा नै हामीले हमला गर्नेछौँ ।  प्रतिबन्धित रासायनिक अस्त्रको प्रयोग गरिएको भन्ने समाचारको पुष्ट्याईँका लागि फ्रान्सेली गुप्तचर निकायले अनुसन्धान गरिरहेको बताइएको थियो । तर सो अनुसन्धानको परिणाम भने आइसकेको छैन । 

सिरियाली सेनाले गएको जनवरी महिनायता आएर मानव स्वास्थ्यका लागि घातक मानिने क्लोरिन ग्यासयुक्त आक्रमण गर्ने गरेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा फ्रान्सेली राष्ट्रपतिको यो टिप्पणी सार्वजनिक भएको हो ।  विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको हामा प्रान्तको एक सहरमा यसै महिनाको सुरूमा रसायन भएको एउटा बम खसालिएको थियो । सोही बमका कारण यहाँका नागरिकमा श्वासप्रश्वासमा समस्या देखिएको समाचार पनि यसअघि नै आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप